
काठमाडौँ । सरकारले संविधान दिवस अवसरमा विभिन्न उद्योगी व्यवसायीलाई मानपदवी, अंकार र पदकद्धार विभूषित गरेको छ । सुप्रवल जनसेवा श्रीबाट नेपाल उद्योग परिसंघका अध्यक्ष हरिभत्त श्रेष्ठ विभूषित भएका छन् ।
सुप्रवल जनसेवाबाट विभूषित हुनेमा गोल्छा अर्गनाइजेसनका अध्यक्ष लोकमान्य गोल्छा, आइएमई ग्रुपका उपाध्यक्ष हेमराज ढकाल, व्यवसायी मीनबहादुर श्रेष्ठ र देविप्रकाश भट्टचन र राजेन्द्र मल्ल विभूषित भएका हुन् ।
चन्द्रागिरी हिल्स लिमिटेका महाप्रवन्धक अभिषेक बिक्रम शाह, प्रभु बैकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक शेरचन, वाणिज्य बैँकका सीईओ किरणकुमार श्रेष्ठ पनि विभूषित भएका छन् ।