तारागाउँ रिजेन्सी होटल्सको नाफा घट्यो, गत वर्ष २५ करोड मात्र

<p>काठमाडौं । तारागाउँ रिजेन्सी होटल्स लिमिटेडको गत आर्थिक वर्षमा नाफा घटेको छ । गत आर्थिक वर्ष ०७४/०७५ मा होटल्सले २५ करोड ७० लाख रुपैयाँ मात्र खुदनाफा गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा होटल्सले २८ करोड ७ लाख रुपैयाँ गरेको थियो । गत वर्ष होटलको नाफा ३ करोड रुपैयाँ घटेको छ । होटलको ब्याँकेट हल [&hellip;]</p>

काठमाडौं । तारागाउँ रिजेन्सी होटल्स लिमिटेडको गत आर्थिक वर्षमा नाफा घटेको छ । गत आर्थिक वर्ष ०७४/०७५ मा होटल्सले २५ करोड ७० लाख रुपैयाँ मात्र खुदनाफा गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा होटल्सले २८ करोड ७ लाख रुपैयाँ गरेको थियो । गत वर्ष होटलको नाफा ३ करोड रुपैयाँ घटेको छ ।

होटलको ब्याँकेट हल र मिटिङ रुम रिनोभेसनको कामले बन्द भएको र सञ्चालन खर्च बढेका कारण नाफ घटेको कम्पनीले जानकारी दिएको छ । होटल्सको प्रतिसेयर आम्दानी (ईपीसी) १३ रुपैयाँ ६३ पैसा रहेको छ । गत वर्ष बिक्रीबाट हुने आम्दानी ५ करोड बढेर १ अर्ब ४७ करोड रुपैयाँ आम्दानी भएको थियो । अघिल्लो वर्ष १ अर्ब ४२ करोड रुपैयाँ रहेको होटल्सले जनाएको छ ।

Share News