साल्ट ट्रेडिङ कर्पोरेशनले नेपाल बनस्पत्ति घिउ र मोरङ सुगर मिल्स सञ्चालनमा ल्याउने

<p>काठमाडौ । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले बन्द अवस्थामा रहेका २ वटा ठुला उद्योग सञ्चालनमा ल्याउने भएको छ । कर्पोरेशनले बन्द रहेको नेपाल वनस्पति घ्यू उद्योग लिमिटेडलाई सञ्चालनमा ल्याउने तयारी थालेको छ । असोजको अन्तिमसाताबाट तोरीको तेल उत्पादन गर्ने लक्ष्य लिएको छ । कर्पोरेशनले विराटनगरस्थित मोरङ सुगर मिल्स लिमिटेड र कृषि औजारहरु खरीद गरी उखुखेतीलगायत अन्य [&hellip;]</p>

काठमाडौ । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले बन्द अवस्थामा रहेका २ वटा ठुला उद्योग सञ्चालनमा ल्याउने भएको छ । कर्पोरेशनले बन्द रहेको नेपाल वनस्पति घ्यू उद्योग लिमिटेडलाई सञ्चालनमा ल्याउने तयारी थालेको छ । असोजको अन्तिमसाताबाट तोरीको तेल उत्पादन गर्ने लक्ष्य लिएको छ ।

कर्पोरेशनले विराटनगरस्थित मोरङ सुगर मिल्स लिमिटेड र कृषि औजारहरु खरीद गरी उखुखेतीलगायत अन्य खेतीमा आधुनिकरण गर्न शुरु गरेको जनाएको छ । कर्पोरेशनको ५६ औं वार्षिकोत्सका अवसरमा बुधबार राजधानीमा आयोजना कार्यक्रममा बन्द अवस्थामा रहेका २ उद्योग सञ्चालनमा ल्याउने जानकारी दिइएको हो ।

कर्पोरेशनले बिक्री वितरण गर्दै आएको आयोडिनयुक्त नुनको प्रयोग गर्ने घर परिवारको सङ्ख्या ९१ प्रतिशत माथि पुगेको छ । नेपाल नुनलाई आयोडिनयुक्त गर्ने विश्व संस्थाको सदस्य राष्ट्र हो । सो संस्थाले आयोडिनयुक्त नुनको प्रयोग ९० प्रतिशत भन्दामाथि बनाउने लक्ष्य निर्धारण गरेको छ ।

सन् १९८५ मा नेपालमा आयोडिनयुक्त नुनको अभावले लाग्ने गलगाँड रोगीको सङ्ख्या ४४।२ थियो । यो सङ्ख्या सन् २००७ मा शुन्यमा झरेको थियो । सो अवसरमा उद्योग, वाणिज्य तथा आपूर्तीमन्त्री मातृका यादवले कर्पोरेशनलाई आगामी दिनमा सेवामूलक संस्थाको रुपमा विकसित गर्नुपर्ने खाँचो औँल्याए।

“कर्पोरेशनले आफ्नो उद्देश्यअनुसार आम जनतालाई सुपथ एवं सहज रुपमा गुणस्तरीय उपभोग्य वस्तु बिक्री वितरण गर्ने कार्य राम्रो छ, आगामी दिनमा अझ प्रभावकारी बनाउन जरुरी छ ”, उनले भने।

कर्पोरेशन सञ्चालक समितिका अध्यक्ष लक्ष्मीदास मानन्धरले सार्वजनिक निजी साझेदारीमा सञ्चालनमा रहेको कर्पोरेशनले नाफामूलकभन्दा सेवामूलक व्यापारमा जोड दिएको बताए।

कर्पोरेशनका प्रमुख कार्यकारी अधिकृत (सीईओ) उर्मिला श्रेष्ठले आउदो दशै, तिहार र छठ पर्वलाई ध्यानमा दिई सबै प्रदेशमा सुपथ मूल्यका पसलमार्पmत दैनिक उपभोग्य वस्तु बिक्री वितरण गर्ने जानकारी दिइन् ।

कर्पोरशनले स्थापना गरेको बालहितकारी पुरस्कार यस वर्ष मानव सेवा आश्रम भरतपुर चितवनलाई प्रदान गरियो । सो पुरस्कारको राशि ७५ हजार रुपैयाँसहित सम्मानपत्र रहेको छ । आश्रमका जिल्ला संयोजक रामजी अधिकारीले पुरस्कार ग्रहण गर्दै सस्थाले विभिन्न कारणले सडक पेटीमा आउन बाध्य भएका बालबालिकालाई सडकपेटीबाट उठाई सेवा गरिराखेको बताए।

यस वर्षको हेमबहादुर मल्ल उत्कृष्ट सेवा पुरस्कार रश्मी श्रेष्ठ अधिकृतस्तर र लक्ष्मण गजुरेल काठमाडौँलाई प्रदान गरियो । प्रमााणपत्र सहित सो पुरस्कारको राशि क्रमश २५ हजार र २० हजार रुपैयाँ छ । ईश्वरलाल श्रेष्ठ उत्कृष्ट सेवा पुरस्कार अधिकृतस्तरमा पंकज जोशी, सहायकस्तरतर्फ केशवमान श्रेष्ठ र बद्रीमान महर्जनलाई प्रदान गरियो । सो पुरस्कारको राशि क्रमश ३५ हजार , ३० हजार र २५ हजार रुपैयाँ छ ।
रासस

Share News