तनहुँको शुक्लागण्डकीमा सोलारबाट ५ मेगावाट बिजुली उत्पादन गर्दै, २० करोडको सेयर निष्कासन गर्ने

<p>दमौली । तनहुँको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारामा सोलारबाट उत्पादन गर्न लागिएको विद्युत्मा स्थानीयवासीलाई सेयर दिइने भएको छ ।सोलार फर्म प्रालिले स्थानीयवासीलाई २० करोड रुपैयाँको सेयर वितरणको तयारी गरेको छ । कम्पनीका प्रबन्धक तिलबहादुर आलेले कम्पनीमा स्थानीयवासीका साथै गैरआवासीय नेपालीको समेत सेयर रहने बताए। गैरआवासीय नेपालीलाई २० करोड तथा संस्थापकलाई १० करोड रुपयाँको सेयर उपलब्ध गराइने उनले [&hellip;]</p>

दमौली । तनहुँको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारामा सोलारबाट उत्पादन गर्न लागिएको विद्युत्मा स्थानीयवासीलाई सेयर दिइने भएको छ ।सोलार फर्म प्रालिले स्थानीयवासीलाई २० करोड रुपैयाँको सेयर वितरणको तयारी गरेको छ । कम्पनीका प्रबन्धक तिलबहादुर आलेले कम्पनीमा स्थानीयवासीका साथै गैरआवासीय नेपालीको समेत सेयर रहने बताए।

गैरआवासीय नेपालीलाई २० करोड तथा संस्थापकलाई १० करोड रुपयाँको सेयर उपलब्ध गराइने उनले जानकारी दिए । करीब ५० करोड रुपैयाँको लागतको ५ मेगावाट क्षमताको उक्त आयोजनामा विद्युत् उत्पादन गर्न २३ हजार प्यानल राखिनेछ । आयोजनाबाट वार्षिक ९० लाख युनिट विद्युत् उत्पादन हुने आले जानकारी दिए। नेपाल विद्युत् प्राधिकरणसँग विद्युत खरिदबिक्री सम्झौता (पीपीए) सम्झौता भइसकेको छ ।

कम्पनीका व्यवस्थापक हरिकुमार श्रेष्ठले आगामी २०७६ साल भदौ महिनाभित्र विद्युत् उत्पादन गर्ने योजना रहेको बताए । “छिट्टै काम शुरु हुन्छ,” उनले भने । सोलारबाट उत्पादित विद्युत्लाई ग्रिड प्रणालीबाट राष्ट्रिय प्रशारणलाइनमा जोडिने छ । सो कम्पनीले भानुभक्त क्याम्पसको १०० रोपनी जग्गा २५ वर्षका लागि भाडामा लिएको छ । कम्पनीले क्याम्पसलाई वार्षिक १३ लाख भाडा तिर्नेछ । सोलार विद्युत् खरीदका लागि प्राधिकरणसँग प्रतियुनिट सात रुपैयाँ ३० पैसाका दरले २५ वर्षसम्म विद्युत् खरीद गर्ने सम्झौता भएको कम्पनीले जनाएको छ । रासस

Share News