
काठमाडौं । नयाँ गाडी किन्ने तयारीमा हुनुहुन्छ ? सस्तो ब्याजदरमा गाडी किन्न खोजिरहनु भएको छ ? अब चिन्ता लिनु पर्दैन, स्ट्याण्डर्ड चाटर्ड बैंकले तपाईको चाहाना पुरा गर्ने भएको छ ।
बैैंकले आफनो गन्तव्य अब आफनै सवारीमा भन्ने नाराका साथ नयाँ अटोलोन योजना ल्याएको छ । वार्षिक ९.४९ प्रतिशत ब्याजमा बैंकले गाडी किन्न कर्जा दिने भएको छ । नाडा अटो शोका लागि विशेष योजना ल्याएको छ ।
बैंकले पहिलो वर्ष आधारदरमा १.६२ र दोस्रो वर्ष २ प्रतिशत प्रिमियमदर थप्ने जानकारी दिएको छ । प्रोसेसिङ शुल्क १ प्रतिशत मात्र हुने बैंकले जनाएको छ ।
नाडा अटो शोलाई लक्षित गरी नयाँ सवारी कर्जा योजना ल्याएको बैंकले जानकारी दिएको छ । यो योजना असोज २९ गतेसम्म लागु हुने बैंकले जनाएको छ ।