काठमाडौं । कोकाकोलाको नयाँ प्लान्ट निर्माण गर्न स्ट्याण्डर्ड चाटर्ड बैंकले २ अर्ब ८५ करोड ऋण दिने भएको छ । बोटलर्स नेपाल(तराई)लाई बैंकले पेट लाइन निर्माणका लागि दिर्घकालिन प्रकृतिको २ अर्ब ८५ करोड टर्म लोन दिन लागेको हो ।
बोटलर्स(तराई)को सञ्चालक समितिले नयाँ पेट लाइन निर्माणका लागि स्ट्याण्डर्ड चाटर्ड बैंकसँग ऋण लिने सैद्धान्तिक सहमतिसँगै आफ्नो सञ्चालक समितिबाट पारित समेत गरिसकेको छ ।
कम्पनीले प्लान्ट विस्तारका लागि टर्म लोन लिने सञ्चालक समितिको प्रस्तावलाई आगामी साधारण सभामा पेश गर्दैछ । बोटलर्स(तराई)को ३२ औं साधारण सभा असोज १६ गतेका लागि डाकिएको छ ।
हाल बोटलर्स नेपाल(तराई)ले भरतपुर चीतवनबाट कोकाकोला उत्पादन गर्दै आएको छ । कम्पनीले प्लाष्टिकको बोटलको उत्पादन क्षमता बढाउन ऋण लिन लागेको हो ।