चौतारी लघुवित्तको ५ करोड ४० लाखको आइपिओ २ महिनाभित्र आउने

<p>बुटवल ।चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेड बुटवलले छ करोड ४० लाख रुपैयाँ बराबरको साधारण सेयर (आइपिओ) निष्काशन गर्न अनुमति पाएको छ । लघुवित्तले २ महिनाभित्र आईपीओ निष्कासन गर्ने संस्थाका अध्यक्ष जगत पोखरेलले जानकारी दिए। नेपाल धितोपत्र बोर्डले लघुवित्तलाई आइपिओ जारी गर्न बिहीबार मात्रै अनुमति दिएको थियो । १२ करोड ६० लाख चुक्त पूँजी रहेको लघुवित्तले [&hellip;]</p>

बुटवल ।चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेड बुटवलले छ करोड ४० लाख रुपैयाँ बराबरको साधारण सेयर (आइपिओ) निष्काशन गर्न अनुमति पाएको छ । लघुवित्तले २ महिनाभित्र आईपीओ निष्कासन गर्ने संस्थाका अध्यक्ष जगत पोखरेलले जानकारी दिए।

नेपाल धितोपत्र बोर्डले लघुवित्तलाई आइपिओ जारी गर्न बिहीबार मात्रै अनुमति दिएको थियो । १२ करोड ६० लाख चुक्त पूँजी रहेको लघुवित्तले १०० रुपैयाँ अङ्कित दरले ५ लाख ४० हजार कित्ता आईपीओ निष्कासनपछि लघुवित्तको पुँजी १८ करोड रुपैयाँ पुग्ने छ ।

“आईपीओ निष्कासनपछि मात्रै लगानीकर्तालाई लाभांश बाडन पाउँछौँ पोखरेलले भने। १ करोड २ लाख रुपैयाँ नाफा आर्जन गरेको लघुवित्तले ४४ करोड ३४ लाख सापट गरेर ७७ करोड ५५ लाख रुपैयाँ कर्जा परिचालन गरेको छ । रुपन्देही, नवलपरासी, कपिलवस्त, गुल्मी, अर्घाखाची, पालपा, दाङ, प्युठान, रोल्पा र सल्यान गरी १० जिल्लाभित्र लघुवित्तको कार्यक्षेत्र पर्छ ।

विसं २०७१ चैतमा पब्लिक कम्पनीका रुपमा कम्पनी राजिष्ट्रार कार्यालयमा दर्ता भएको लघुवित्त संस्थाले विसं २०७२ मा राष्ट्र बैंकबाट घ वर्गको वित्तीय कारोवार गर्न अनुमति पाएको बताइएको छ । २२ हजार ९०८ विपन्न महिलालाई समूहमा आबद्ध गराएर सो लघुवित्तले ३४ शाखा कार्यालयबाट सेवा प्रदान गर्दै आइरहेको छ । रासस

Share News