सिभिल बैंकले सेयर कर्जा लिन बोलायो, वेसरेटमै दिने

<p>&nbsp; काठमाडौं । सिभिल बैंकले आधारदर (वेसरेट) मा सेयरधितो कर्जा दिने भएको छ । बैंकले आधार दरमा कर्जा लिन बोलाएको छ । बैंकको आधारदर ११.८४ प्रतिशत रहेको छ । यही दरमा बैंकले सेयरधितो कर्जा दिने जानकारी दिएको छ । सेयरधितो कर्जा छिटो विशेष योजना ल्याएको छ । सेयरधितोको कर्जा व्यवस्थापन शुल्क ०.७५ प्रतिशत मात्र रहेको [&hellip;]</p>

 

काठमाडौं । सिभिल बैंकले आधारदर (वेसरेट) मा सेयरधितो कर्जा दिने भएको छ । बैंकले आधार दरमा कर्जा लिन बोलाएको छ ।
बैंकको आधारदर ११.८४ प्रतिशत रहेको छ । यही दरमा बैंकले सेयरधितो कर्जा दिने जानकारी दिएको छ ।

सेयरधितो कर्जा छिटो विशेष योजना ल्याएको छ । सेयरधितोको कर्जा व्यवस्थापन शुल्क ०.७५ प्रतिशत मात्र रहेको बैंकले जानकारी दिएको छ । यो योजना सीमित अवधिका लागि साधारण सेयरका लागि मात्र बैंकले भनेको छ ।

बैंकले संस्थापक सेयरमा कर्जा नदिने स्पष्ट पारेको छ । गत आर्थिक वर्ष बैंकले ७७ करोड ३८ लाख रुपैयाँ सेयरधितो कर्जा प्रवाह गरेको छ । आर्थिक वर्ष सुरुभए यता सेयरधितो कर्जा ल्याउने सिभिले पहिलो बैंक भएको छ ।

 

Share News