काठमाडौं । ग्रीन डेभलपमेन्ट बैंकका लगानीकर्ता यो वर्ष रित्तो हात फर्कने भएका छन् । बैंकले लाभांश नदिने भएपछि लगानीकर्ता रित्तो हात फर्कन वाध्य भएका हुन् ।
बैंकले पाँचौ वार्षिक साधारणसभा असोज ८ गते बोलाएको छ । सभामा आर्थिक वर्ष ०७३/०७४ को वित्तीय विवरण पारित गर्ने प्रस्ताव रहेको छ । बैंकले लगानीकर्तालाई दिने लाभांश प्रस्ताव गरेको छैन ।
गत आर्थिक वर्षका लागि लेखापरीक्षण गर्नका लागि परीक्षक नियुक्त गर्ने प्रस्ताव सभामा पेश हुने बैंकले जनाएको छ ।
सभाले संस्थापक र सर्वसाधारण समूहको ५ जना सञ्चालकको निर्वाचन गर्ने कार्यक्रम रहेको छ ।