
काठमाडौं । उच्च शिक्षा अध्ययन गर्न विदेश जाने तयारीमा हुनुहुन्छ ? रहर भएर पनि पैसाको अभावमा विदेशमा अध्ययन गर्न जान पाउनु भएको छैन ? अब चिन्ता नलिनुस नविल बैंकले विदेश अध्ययन गर्न जानेलाई शैक्षिक कर्जा दिने भएको छ ।
बैंकले १ करोड रुपैयाँसम्म १५ वर्षका लागि कर्जा दिने गरी नयाँ नविल शैक्षिक कर्जा योजना ल्याएको छ । शैक्षिक कर्जाका लागि विदेशी विश्वविद्यालयको अफर लेटर पखिर्नु नपर्ने बैंकले जनाएको छ ।
विदेश अध्ययन गर्न जाने विद्यार्थीले विश्वविद्यालय वा कलेजको अफर लेटर विना कर्जाका लागि आवेदन दिन सक्ने व्यवस्था गरेको बैंकले स्पष्टपारेको छ ।