सेयर बजार घट्दा पनि लक्ष्मी भ्यालु फण्डको सम्पत्ति ३ करोड ९२ लाख बढ्यो

<p>काठमाडौं । सेयर बजार निरन्तर घटिरहेका बेला लक्ष्मी म्युचअल फण्ड अन्र्तगत सञ्चालित लक्ष्मी भ्यालु फण्ड १ को खुदसम्पत्ति बढेको छ । फण्डको प्रतिईकाई खुदमूल्य बढेपछि खुदसम्पत्तिमा वृद्धि भएको हो । प्रतिईकाई १० रुपैयाँ अंकित मूल्य रहेकोमा गत साउनमा बढेर १० रुपैयाँ ७८ पैसा पुगेको छ । ५० करोड रुपैयाँको भ्यालु फण्डको मूल्य बढेर ५३ करोड [&hellip;]</p>

काठमाडौं । सेयर बजार निरन्तर घटिरहेका बेला लक्ष्मी म्युचअल फण्ड अन्र्तगत सञ्चालित लक्ष्मी भ्यालु फण्ड १ को खुदसम्पत्ति बढेको छ । फण्डको प्रतिईकाई खुदमूल्य बढेपछि खुदसम्पत्तिमा वृद्धि भएको हो । प्रतिईकाई १० रुपैयाँ अंकित मूल्य रहेकोमा गत साउनमा बढेर १० रुपैयाँ ७८ पैसा पुगेको छ ।

५० करोड रुपैयाँको भ्यालु फण्डको मूल्य बढेर ५३ करोड ९२ लाख रुपैयाँ पुगेको लक्ष्मी म्युचअल फण्डले जनाएको छ । यसअवधिमा भ्यालु फण्डको मूल्य ३ करोड ९२ लाख रुपैयाँ बढेको सार्वजनिक गरिएको वित्तीय विवरणमा उल्लेख छ ।

सेयरमा लगानी गरेर फाइदा कमाउदै आएका अन्य म्युचअल फण्डको मूल्य घटेका बेला लक्ष्मी भ्यालु फण्डको बढेको हो । फण्डले प्राथमिक र दोस्रो बजारमा गरी ३० करोड ८४ लाख रुपैयाँ लगानी गरेको छ । ३७ कम्पनीको सेयरमा फण्डको लगानी रहेको छ ।

फण्डको १३ करोड ९३ लाख रुपैयाँ बैंकमा मौज्दात, ९ करोड बैंकको मुद्धति निक्षेपमा लगानी रहेको सार्वजनिक गरिएको वित्तीय विवरणमा उल्लेख छ ।

Share News