एनसीसी बैंकले कर्मचारीलाई वार्षिक ५० लाख रुपैयाँको तालिम दिने

<p>काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स(एनसीसी) बैंक लिमिटेडले आफ्ना कर्मचारीहरुलाई नेशनल बैंकिङ्ग इन्ष्टिच्युट(एनबीआई) बाट न्युनतम ५० लाख रुपैयाँ बराबरको वार्षिक तालिम संचालन गराउने भएको छ । एनसीसी बैंक र एनबीआईबीच उक्त तालिम कार्यक्रम संचालन गर्ने सम्बन्धि सम्झौता भएको हो । उक्त सम्झौतापत्रमा एनसीसी बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेशराज अर्याल र एनबीआईका प्रमुख कार्यकारी अधिकृत [&hellip;]</p>

काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स(एनसीसी) बैंक लिमिटेडले आफ्ना कर्मचारीहरुलाई नेशनल बैंकिङ्ग इन्ष्टिच्युट(एनबीआई) बाट न्युनतम ५० लाख रुपैयाँ बराबरको वार्षिक तालिम संचालन गराउने भएको छ । एनसीसी बैंक र एनबीआईबीच उक्त तालिम कार्यक्रम संचालन गर्ने सम्बन्धि सम्झौता भएको हो ।

उक्त सम्झौतापत्रमा एनसीसी बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेशराज अर्याल र एनबीआईका प्रमुख कार्यकारी अधिकृत संजिब सुब्बाले हस्ताक्षर गरेका छन् ।

यस सम्झौताअनुसार एनबीआईले एनसीसी बैंकका कर्मचारीहरुको कार्यदक्षता विकासका लागि विभिन्न तालिमहरु उपलब्ध गराउने छ ।

Share News