वाणिज्य बैंकहरुको खराब कर्जाः सबैभन्दा घटी सानिमा र बढी एनसीसीको (सुचिसहित)

<p>काठमाडौं । गत आर्थिक वर्ष ०७४/०७५ मा वाणिज्य बैंकको खराब कर्जा (एनपीएल) घटेर ४ प्रतिशत भन्दा कम भएको छ । बैंकहरुले प्रकाशित गरेको गत आर्थिक वर्षको वित्तीय विवरणअनुसार पछिल्लो समयमा वाणिज्य बैंकहरुले खराब कर्जा घटाउदै लगेका छन् । २ वर्ष अघिसम्म केही बैंकको खराबकर्जा ५ प्रतिशत भन्दा माथि थियो । गत असारसम्म सानिमा बैंकको सबैभन्दा [&hellip;]</p>

काठमाडौं । गत आर्थिक वर्ष ०७४/०७५ मा वाणिज्य बैंकको खराब कर्जा (एनपीएल) घटेर ४ प्रतिशत भन्दा कम भएको छ । बैंकहरुले प्रकाशित गरेको गत आर्थिक वर्षको वित्तीय विवरणअनुसार पछिल्लो समयमा वाणिज्य बैंकहरुले खराब कर्जा घटाउदै लगेका छन् । २ वर्ष अघिसम्म केही बैंकको खराबकर्जा ५ प्रतिशत भन्दा माथि थियो ।

गत असारसम्म सानिमा बैंकको सबैभन्दा कम खराब कर्जा रहेको छ । सानिमाको कुल कर्जा लगानीको ०.०३ प्रतिशत मात्र खराब कर्जा रहेको हालै सार्वजनिक गरेको गत आर्थिक वर्षको वित्तीय विवरणमा उल्लेख छ ।

यस्तै सबैभन्दा बढी खराब कर्जा नेपाल क्रेडिट एण्ड कमर्श (एनसीसी) बैंकको छ । बैंकको ३.८९ प्रतिशत खराब कर्जा छ । बैंकले पनि विस्तारै खराबकर्जा घटाउदै लगेको छ । गत आर्थिक वर्षको दोस्रो त्रैमाशसम्म एनसीसीको खराब कर्जा साढे ४ प्रतिशत थियो । १ प्रतिशत भन्दा कम खराब कर्जा हुनेमा एनआईसी एसिया बैंक रहेको छ । एनआईसी एसियाको ०.०६ प्रतिशत मात्र खराब कर्जा छ ।

एनआईसी एसिया आक्रमक रुपमा व्यवसाय विस्तारमा लागेपनि खराबकर्जा न्युन गर्न सफल भएको छ । यस्तै स्ट्याण्डर्ड चार्टर्ड बैंकको ०.१८, एभरेष्ट बैंकको ०.२०, नेपाल एसबीआई बैंकको ०.२०, माछापुच्छे बैंकको ०.३८ प्रतिशत खराब कर्जा रहेको छ ।  यस्तै सेन्चुरी कमर्शियल बैंकको ०.४०, नविल बैंकको ०.५५, प्राइम कमर्शियल बैंकको ०.६६, ग्लोबल आईएमई बैंकको ०.६९, मेगा बैंक ०ं८२, एनएमबी बैंकको ०.८८ र हिमालयन बैंकको ०.९८ प्रतिशत रहेको छ ।

यस्तै प्रभु बैंकको ३.५५, कृषि विकास बैंकको ३.१९, नेपाल बैंकको २.९०, सिभिल बैंक २.६५, सिटिजन्स बैक २, जनता बैंक १.३२, बैंक अफ काठमाण्डुु १.३२, सनराईज बैंक १.२८, लक्ष्मी बैंकको १.२८, कुमारी बैंक १., नेपाल इन्भेष्टमेन्ट बैंक १, सिद्धार्थ बैंक १, नेपाल बंगलादेश बैंक १.१३ प्रतिशत रहेको छ ।

Share News