लक्ष्मी बैंकको नाफा १ अर्ब २५ करोड, १० प्रतिशत लाभांश दिन सक्ने

<p>काठमाडौं । लक्ष्मी बैंकको नाफा १ अर्ब २५ करोड रुपैयाँ भएको छ । बैंकले अघिल्लो वर्षको तुलनामा करिब १७ करोड नाफा बढाएको छ । तर सहायक कम्पनी नोक्सानमा  घाटामा जाँदा लक्ष्मी ग्रुपको नाफा १ अर्ब १६ करोड मात्र छ । बैंकको सेयर पुँजी ८ अर्ब २२ करोड रुपैयाँ छ । संचित कोषमा ३ अर्ब ५६ [&hellip;]</p>

काठमाडौं । लक्ष्मी बैंकको नाफा १ अर्ब २५ करोड रुपैयाँ भएको छ । बैंकले अघिल्लो वर्षको तुलनामा करिब १७ करोड नाफा बढाएको छ ।

तर सहायक कम्पनी नोक्सानमा  घाटामा जाँदा लक्ष्मी ग्रुपको नाफा १ अर्ब १६ करोड मात्र छ ।

बैंकको सेयर पुँजी ८ अर्ब २२ करोड रुपैयाँ छ । संचित कोषमा ३ अर्ब ५६ करोड छ । प्रतिसेयर आम्दानी १६ रुपैयाँ ९ पैसा छ ।

गत वर्षको नाफाबाट बैंकले करिव १० प्रतिशत लाभांश दिन सक्छ । पुँजी प्रयाप्तता अनुपात १२.६० प्रतिशत भएकोले बैंकले सेयरधनीलाई बोनस सेयर दिन सक्ने सम्भावना छ ।

असार मसान्तमा बैंकको वासलात ८३ अर्ब ५६ करोड रुपैयाँ भएको छ । निक्षेप ६८ अर्ब, कर्जा सापटी ६३ अर्ब, सेयर लगानी ७ अर्ब रुपैयाँ छ ।

बैंकको खराव कर्जा १.२८ प्रतिशत छ । सीडी रेसियो ७९.४५ प्रतिशत छ । बेसरेट ११.८३ प्रतिशत छ ।

Share News