पूर्व अर्थमन्त्री डा. रामशरण महतले भने–जथाभावी कर असुली रोक्न बलियो संघीय कानून चाहियो

<p>काठमाडौं । पूर्व अर्थमन्त्री डा. रामशरण महतले जनतामाथि कर थोपरेको भन्दै सरकारको आलोचना गरेका छन् । उनले दोहोरो र बढ्दो करदरको मार विरुद्ध जनमता बढेको बताएका छन् । संघीयता आफैमा महंगो व्यवस्था भएको बताउदै उनले ३ तह सरकारको वृहत संरचनाका कारण प्रशासनिक खर्च झनै बढेको टिप्पणी गरेका छन् । उनले ट्विट गर्दै भनेका छन् “तलव, [&hellip;]</p>

काठमाडौं । पूर्व अर्थमन्त्री डा. रामशरण महतले जनतामाथि कर थोपरेको भन्दै सरकारको आलोचना गरेका छन् । उनले दोहोरो र बढ्दो करदरको मार विरुद्ध जनमता बढेको बताएका छन् । संघीयता आफैमा महंगो व्यवस्था भएको बताउदै उनले ३ तह सरकारको वृहत संरचनाका कारण प्रशासनिक खर्च झनै बढेको टिप्पणी गरेका छन् ।

उनले ट्विट गर्दै भनेका छन् “तलव, भत्ता सुविधा र अनुत्पादक प्रशासनिक खर्चले जनतामाथि करको भार थपिदा यसले समस्या ल्याएको छ ।” उनले जथाभावी कर उठाउने प्रवृत्तिलाई रोक्न बलियो संघीय कानून आवश्यक भएको औल्याएका छन् । स्थानीय निकायले आफुखुसी जथाभावी कर उठाउन थालेपछि अहिले जनस्तरबाट व्यापक विरोध सुरु भएको छ ।

Share News