एनएफआरएसमा ७ वटा बाणिज्य बैंकः ४९ करोड नाफा बढ्यो, कस्को कति ?

<p>काठमाडौं । हालसम्म ७ वटा बाणिज्य बैंकहरुले नयाँ लेखा प्रणाली एनएफआरएस अनुसार वित्तिय विवरण सार्वजनिक गरेका छन् । ७ वटा बाणिज्य बैंकहरुले नयाँ लेखा प्रणाली अनुसार सार्वजनिक गरेको २०७४/७५ को अपरिस्कृति वित्तिय विवरण अनुसार उनीहरुको नाफा जम्मा ४९ करोड रुपैंयाँले बढेको छ । सोही प्रणाली अनुसार आर्थिक बर्ष २०७३/७४ मा १० अर्ब ५४ करोड नाफा [&hellip;]</p>

काठमाडौं । हालसम्म ७ वटा बाणिज्य बैंकहरुले नयाँ लेखा प्रणाली एनएफआरएस अनुसार वित्तिय विवरण सार्वजनिक गरेका छन् । ७ वटा बाणिज्य बैंकहरुले नयाँ लेखा प्रणाली अनुसार सार्वजनिक गरेको २०७४/७५ को अपरिस्कृति वित्तिय विवरण अनुसार उनीहरुको नाफा जम्मा ४९ करोड रुपैंयाँले बढेको छ । सोही प्रणाली अनुसार आर्थिक बर्ष २०७३/७४ मा १० अर्ब ५४ करोड नाफा कमाएका बैंकहरुले गत आव २०७४/७५ मा भने जम्मा ११ अर्ब ३ करोड मात्रै नाफा कमाउन सफल भएका हुन् । ७ वटामध्ये ३ वटा बैंकहरु नाफा बढाउन असफल देखिन्छन् ।

२ अर्ब ७० करोड नाफा आर्जन गरेर एभरेष्ट बैंक अहिलेसम्म पहिलोे नम्बरमा परेको छ भने २ अर्ब १५ करोड कमाएको ग्लोबल आईएमई दोश्रो र एक अर्ब ८५ करोड नाफा कमाएको सिद्धार्थ बैंक तेश्रो नम्बरमा परेका छन् ।

एभरेष्ट बैंकले २ अर्ब ७० करोड नाफा कमाउन सफल भएको छ । बैंकको नाफा अघिल्लो बर्ष २ अर्ब २९ करोड मात्रै थियो । एभरेष्टको प्रति सेयर आम्दानी ३४.३७ रुपैंयाँ रहेको छ ।

ग्लोबल आईएमई बैंकले २ अर्ब १५ करोड नाफा कमाउन सफल भएको छ । बैंकले अघिल्लो बर्ष २ अर्ब ६ करोड नाफा कमाउन सफल भएको थियो । बैंकको प्रति सेयर आम्दानी २२.३० रुपैंयाँ रहेको छ ।

सिद्धार्थ बैंकले १ अर्ब ८५ करोड नाफा कमाउन सफल भएको छ । बैंकले आर्थिक बर्ष २०७३।७४ मा जम्मा एक अर्ब ३८ करोड मात्रै नाफा कमाएको थियो । सिद्धार्थको प्रति सेयर आम्दानी २४.०६ रुपैंयाँ रहेको छ ।

एनआइसी एसिया बैंकले ८२ करोड नाफा गरेको छ । बैंकले आव २०७३।७४ मा एक अर्ब ९ करोड नाफा गरेको थियो । एनआईसी एसियाको प्रति सेयर आम्दानी १८.९४ रुपैंयाँ छ ।
सिटिजन्स बैंकले ९६ करोड नाफा आर्जन गर्न सफल भएको छ । बैंकको नाफा अघिल्लो आर्थिक बर्षको सोही अवधीमा १ अर्ब २९ करोड थियो । सिटिजन्सको प्रति सेयर आम्दानी १५.८६ रुपैंयाँ रहेको छ ।

नेपाल एसबिआई बैंकले एक अर्ब ३४ करोड नाफा कमाएको छ । एसबिआईले १ अर्ब १३ करोडबाट २१ करोडले बढाएर एक अर्ब ३४ करोड पुर्याएको हो । बैंकको प्रति सेयर आम्दानी २३.४३ रुपैंयाँ छ ।

माछापुच्छ्रे बैंकले एक अर्ब २१ करोड नाफा आर्जन गर्न सफल भएको छ । बैंकको नाफा अघिल्लो आर्थिक बर्षमा भन्दा ९ करोेड रुपैंयाँले घटेको हो । माछापुच्छ्रेको प्रति सेयर आम्दानी १६.४१ रुपैंयाँ छ ।

Share News