चिलिमे हाइड्रोपावरलाई थपियो २० प्रतिशत आयकरको भार, लाभांशमा भारी गिरावट

<p>काठमाडौं । चालु आर्थिक वर्ष ०७५/०७६ देखि चिलिमे हाइड्रोपावर कम्पनी लिमिटेडको नाफा घट्ने भएको छ । यो वर्षदेखि २० प्रतिशत सरकारलाई आयकर (कर्पोरेट ट्याक्स) बुझाउनुपर्र्ने भएपछि चिलिमेको नाफा घट्ने भएको हो । नाफा घटेपछि सेयर लगानीकर्ताले पाउने लाभांशमा पनि गिरावट आउने छ । आयकर बुझाएपछि नाफा १६ करोडदेखि २० करोड रुपैयाँ घट्ने चिलिमे हाइड्रोपावरका प्रवन्ध [&hellip;]</p>

काठमाडौं । चालु आर्थिक वर्ष ०७५/०७६ देखि चिलिमे हाइड्रोपावर कम्पनी लिमिटेडको नाफा घट्ने भएको छ । यो वर्षदेखि २० प्रतिशत सरकारलाई आयकर (कर्पोरेट ट्याक्स) बुझाउनुपर्र्ने भएपछि चिलिमेको नाफा घट्ने भएको हो । नाफा घटेपछि सेयर लगानीकर्ताले पाउने लाभांशमा पनि गिरावट आउने छ ।

आयकर बुझाएपछि नाफा १६ करोडदेखि २० करोड रुपैयाँ घट्ने चिलिमे हाइड्रोपावरका प्रवन्ध सञ्चालक दामोदरभक्त श्रेष्ठले बताए । गत आर्थिक वर्ष ०७४/०७५ मा ९३ करोड ७१ लाख रुपैयाँ खुदनाफा गरेको छ । चिलिमेले गत वर्षसम्म मात्र कर छुट पाएको छ ।

आगामी वर्ष यही हारहारीमा नाफा गरे २० प्रतिशत आयकर तिर्नुपर्दा ८० करोड रुपैयाँमा झर्ने छ । चिलिमेले आर्थिक वर्ष ०६०/०६१ देखि बिजुली उत्पादन थालेको हो । आयकरको दायरामा आउने चिलिमे संभवता पहिलो जलविद्युत कम्पनी हो । सरकारले जलविद्युत कम्पनीलाई १५ वर्षसम्म कर छुट दिएको छ ।

चालु आर्थिक वर्षदेखि नाफामा कमी आउन श्रेष्ठले बताए । चलिमेले सहायक कम्पनीमार्फत अन्य आयोजना पनि अघि बढाउने र चिलिमे टावर निर्माण सुरु हुन लागेकाले आगामी वर्षदेखि सेयरधनीले लाभांश घट्ने उनको भनाई छ । आगामी वर्षदेखि कर लाग्ने भएपछि स्भाविक रुपमा नाफामा कमी आउने उनको भनाई छ ।
कम्पनीले आफनो जग्गामा चिलिमे टावर निर्माण गर्ने र दुई नयाँ जलविद्युत आयोजनाको सर्वेक्षण अनुमतिपत्र (लाईसेन्स) पाइसकेको छ । यस्तै विद्युत प्राधिकरणले बढी उत्पादन भएको बिजुली नकिन्दा चिलिमेले गत वर्ष मात्र ७० लाख रुपैयाँसम्म आम्दानी गुमाएको छ । चिलिमे विद्युत प्राधिकरणको सहायक कम्पनी हो ।

प्राधिकरणले थप उत्पादन भएको बिजुली नकिने यो वर्ष पनि आम्दानी घट्ने देखिएको छ । कर र थप बिक्री बिक्री नभए यसको असर वित्तीय अवस्थामा पर्ने छ । चिलिमेले २२ मेगावाट क्षमताको आयोजना सञ्चालन गर्दै आएको छ ।

गत आर्थिक वर्ष ०७४/०७५ मा ९३ करोड ८७ लाख रुपैयाँ खुदनाफा गरेको छ । कम्पनीले अघिल्लो वर्षको तुलनामा गत वर्ष नाफा १६ लाख रुपैयाँ मात्र बढाएको छ । कम्पनीले अघिल्लो आर्थिक वर्ष ०७३/०७४ मा ९३ करोड ७१ लाख रुपैयाँ नाफा गरेको थियो । बैंकबाट प्राप्त ब्याज आम्दानीले नाफा बढाएको चिलिमेले आइतबार सार्वजनिक गरेको गत आर्थिक वर्षको वित्तीय प्रतिवेदनमा उल्लेख छ ।

अघिल्लो वर्ष १ अर्ब १९ करोड ६८ लाख रुपैयाँ बिजुली बिक्रीबाट आम्दानी भएको चिलिमेले जनाएको छ । कम्पनीको प्रतिसेयर आम्दानीमा गिरावट आएको छ । गत आर्थिक वर्षमा कम्पनीको प्रतिसेयर आम्दानी २३ रुपैयाँ ६८ पैसामा सीमित भएको छ । अघिल्लो वर्ष प्रतिसेयर आम्दानी २८ रुपैयाँ थियो ।

२७० मेगावाट क्षमताका ४ जलविद्युत आयोजना निर्माण गरिरहेको चिलिमेले ४२० मेगावाटको बुढीगण्डकी प्रोक, १६५ मेगावाटको सेती नदी ३ र ६० मेगावाटको स्यारखोला आयोजना बनाउनका लागि सर्वेक्षणको काम थाल्न अनुमतिपत्र (लाइसेन्स) पाइसकेको छ ।
अघिल्लो वर्ष गरेको नाफाबाट सेयरधनीलाई १० प्रतिशत नगद लाभांश र १५ प्रतिशत बोनस सेयर दिएको छ । चिलिमेले ४० प्रतिशतसम्म लाभांश दिएको छ ।

चिलिमेले सहायक कम्पनीमार्फत १११ मेगावाटको रसुवागढी, १०२ मेगावाटको माथिल्लो भोटेकोसी र १५ मेगावाटको माथिल्लो सान्जेन र ४२ मेगावाटको तल्लो सान्जेन गरी कुल २७० मेगावाट क्षमताको आयोजना निर्माण गरिरहेको छ ।

Share News