
काठमाडौं । ओरियन्टल होटल्स लिमिटेडको गत आर्थिक वर्ष ०७४/०७५ मा नाफा २१.२० प्रतिशत बढेको छ । गत वर्ष होटल्सले २९ करोड २ लाख रुपैयाँ खुदनाफा गरेको छ । अघिल्लो आवको सोही अवधिमा २३ करोड ९४ लाख रुपैयाँ नाफा गरेको थियो ।
गत वर्ष होटल्सको आम्दानी ९.११ प्रतिशतले बढेर १ अर्ब ३ करोड १२ लाख रुपैयाँ पुगेको छ । गत आवको सोही अवधिमा ९६ करोड २२ लाख रुपैयाँ थियो । पर्यटन क्षेत्रमा सुधार हुन थालेपछि आम्दानीमा वृद्धि भएको होटल्सले जानकारी दिएको छ ।
नाफामा भएको वृद्धिसंगै प्रतिसेयर आम्दानी पनि बढेर ३१ रुपैयाँ पुुगेको छ । अघिल्लो वर्ष प्रतिसेयर आम्दानी ३० रुपैयाँ २५ पैसा थियो ।
होटलको पुँजी ९३ करोड ४२ लाख रुपैयाँ छ । यस्तै संचित कोषको आकार बढेर १ अर्ब ११ करोड ९० लाख रुपैयाँ पुगेको छ ।