प्रभु ग्रुपले ल्यायो ‘प्रभु पे’ वालेट, प्रयोगकर्तालाई १० लाखसम्मको बीमा सुविधा

<p>काठमाडौं । प्रभु ग्रुपले नेपालमा ‘प्रभु पे’ नामक डिजिटल वालेटको सुरुवात गरेको छ । उक्त वालेटको उद्घाटन बिहीबार एक कार्यक्रमका बीच ग्रुपका अध्यक्ष देबीप्रकाश भट्टचनले गरेका हुन् । नौलो र फरक सुविधा भएको यस ‘प्रभु पे’लाई आफ्नो मोबाइलमा डाउनलोड गरी पैसासँग सम्बन्धित सम्पूर्ण कामहरु गर्न सकिने छ । त्यसपछि कुनैपनि बैंक अथवा वित्तीय संस्थाको खाताबाट [&hellip;]</p>

काठमाडौं । प्रभु ग्रुपले नेपालमा ‘प्रभु पे’ नामक डिजिटल वालेटको सुरुवात गरेको छ । उक्त वालेटको उद्घाटन बिहीबार एक कार्यक्रमका बीच ग्रुपका अध्यक्ष देबीप्रकाश भट्टचनले गरेका हुन् ।

नौलो र फरक सुविधा भएको यस ‘प्रभु पे’लाई आफ्नो मोबाइलमा डाउनलोड गरी पैसासँग सम्बन्धित सम्पूर्ण कामहरु गर्न सकिने छ । त्यसपछि कुनैपनि बैंक अथवा वित्तीय संस्थाको खाताबाट पैसा ट्रान्सफर गर्न, बिजुली, पानी लगायत अरु बिल भुक्तानी, किनमेलमा पैसा तिर्न, प्रभु टिभी रिचार्ज गर्न, मोबाइल रिचार्ज, एनसीएचएल डिपोजिट गर्न सजिलो हुने कम्पनीले जनाएको छ । साथै, यसबाट अनलाइन मात्र नभई युनियन पे र क्युआर कोड स्क्यान गरी पैसा तिर्न सकिने छ ।

त्यसैगरी, प्रभु पेले नियमित प्रयोग गर्ने ग्राहकलाई १० लाख रुपैयाँसम्मको दुर्घटना बीमाको सुविधा दिने कम्पनीका अध्यक्ष भट्टचनले बताएका छन् । त्यस्तै, अरुलाई रिफर गरे बापत प्रत्येक रिफरमा ३० रुपैयाँ बराबरको ब्यालेस दिने ग्रुपले बताएको छ । साथै, प्रभु पेको आफ्नै अलगै च्याट सिस्टमको सुबिधा रहेको ग्रुपका सञ्चालक कुसुम लामाले बताएकी छिन् ।


Share News