काठमाडौं । विगत २६ वर्षदेखी पोखराबाट डिपार्टमेन्ट स्टोर व्यवसाय शुरु गरेको सेल्सबेरीले काठमाडौंको चक्रपथ महाराजगन्जमा आफ्नो १०औँ शाखा विस्तार गरेको छ । बिहीबार(आज)देखि शुभारम्भ भएको उक्त शाखामा दैनिक ग्रोसरिज, फ्रोजन तथा आयातित मासुहरु, डेरी प्रोडक्ट, तरकारी तथा फलफुलहरु, सबै ब्राण्डका मदिरा, बियर, वाइन, ट्वालेटरिज्,पर्सनल सौन्दर्यका सामाग्रीहरु सुपथ मूल्यमा पाइने छ ।
साथै, घरमा चाहिने अत्यावश्यक किचनका गुणस्तरिय सामानहरु सस्तोमा पाइने सेल्सबेरी डिपार्टमेन्ट स्टोरका संस्थापक सुशील प्रधानाङ्गले बताए । यसको उपलक्ष्यमा सेल्सबेरीले विशेष छुट योजना समेत ल्याएको छ । यो छुट योजना अन्तर्गत ग्राहकहरुले १००० देखी ५००० रुपैयाँको खरिदमा आकर्षक उपहारहरु पाउनेछन् । त्यसैगरी, १० हजार रुपैयाँको खरिदमा ३ लिटरको प्रेसर कुकर नि:शुल्क पाउनेछन् ।
साथै, बम्पर उपहारमा ग्राहकले भेष्पा स्कुटर पनि जित्न सक्नेछन् । यस स्टोरमा ताजा तरकारी तथा फलफुल लगायत घरमा चाहिने अत्यावश्यक सबै प्रकारका सामानहरु विशेष छुटमा उपलब्ध हुनेछन् । पार्किङको लागी पर्याप्त ठाउँको व्यवस्था, बच्चाहरुको लागी प्ले जोन र रेस्टुरेन्ट सुबिधा भएको यो स्टोर अपांगमैत्री रहेको बताइएको छ ।
सेल्सबेरी डिपार्टमेन्ट स्टोरको हाल पोखरामा ३ वटा, काठमाडौं र ललितपुरमा ६ वटा तथा धरानमा १ शाखा सञ्चालनमा रहेको सेलवेज तथा सेल्सबेरीका संस्थापक प्रधानाङ्गले जानकारी दिए ।