काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको दाङ शाखाले अभिकर्ताहरुलाई सम्मान कार्यक्रम सम्पन्न गरेको छ ।
कार्यक्रममा कम्पनीका महाप्रबन्धक कमलराज गौतमले सम्मान पत्र दिएका छन् । कम्पनीले बीमा सम्बन्धी भईरहेका योजना र आगामी दिनमा ल्याउने योजनाको बारेमा जानकारी गराएको छ ।
साथै, राष्ट्रिय कलाकार तथा यस कम्पनीका ब्राण्ड एम्बेस्डर एवम् सामाजिक अभियन्ता सिताराम कट्टेल (धुर्मुस) ले मानिसको मृत्यू अनिश्चित भएको हुनाले आफ्नो र आफ्नो परिवारको सुरक्षाको लागि हरेक व्यक्तिले बीमा गराउनु पर्ने बताएका छन् ।