नविल बैंकले ११.५ प्रतिशत ब्याजमा ३ करोडसम्म कर्जा दिने, ५ दिनमै पाइने

<p>काठमाडौं । नविल बैंकले ११.५ प्रतिशत ब्याजमै कर्जा दिने भएको छ । मुद्धति निक्षेपमा १०.५ प्रतिशत ब्याज दिइरहेको नविलले ११.५ प्रतिशत ब्याजमै कर्जा दिने योजना ल्याएको हो । प्रक्रिया सुरु गरेको ५ दिनमै कर्जा दिने बैंकले जनाएको छ । नविलको आधार दर ७.३८ प्रतिशत छ । राष्ट्रिय वाणिज्य बैंकपछिको यो सस्तो कर्जा हो । बैंकले [&hellip;]</p>

काठमाडौं । नविल बैंकले ११.५ प्रतिशत ब्याजमै कर्जा दिने भएको छ । मुद्धति निक्षेपमा १०.५ प्रतिशत ब्याज दिइरहेको नविलले ११.५ प्रतिशत ब्याजमै कर्जा दिने योजना ल्याएको हो ।

प्रक्रिया सुरु गरेको ५ दिनमै कर्जा दिने बैंकले जनाएको छ । नविलको आधार दर ७.३८ प्रतिशत छ । राष्ट्रिय वाणिज्य बैंकपछिको यो सस्तो कर्जा हो ।

बैंकले ल्याएको नविल एसएमई फास्ट ट्रयाक लोन योजना अन्र्तगत एक वर्षसम्म ब्याजदर नबढ्ने, सरल प्रक्रिया, न्युनतम ५ लाखदेखि ३ करोड रुपैयाँसम्म कर्जा पाइने बैंकले जानकारी दिएको छ । बैंकले ट्रेकिङ, उद्योग र सेवा क्षेत्रमा कर्जा प्रवाह गर्ने भएको छ ।

Share News