सम्पति शुद्धिकरणः ३३.५ करोडका तीन मुद्धा, २ करोड ९५ लाख विभागकाे जित

<p>काठमाडौं । सम्पत्ति शुद्धिकरण विभागले गत बर्षमा ३३ करोड ५० लाख रुपैंयाँ बिगो दावी सहित ३ वटा मुद्धा दर्ता गरेको छ । बिभागका सूचना अधिकृत बिनोद लामिछानेका अनुसार विभागले गत आर्थिक बर्षमा ३ वटा मुद्धा दायर गरेकोमा २ वटा मुद्धा जितेको छ । विभागले पुर्व सांसद सञ्जय शाह विरुद्ध ३२ करोड ५० लाख विगो दावीसहित [&hellip;]</p>

काठमाडौं । सम्पत्ति शुद्धिकरण विभागले गत बर्षमा ३३ करोड ५० लाख रुपैंयाँ बिगो दावी सहित ३ वटा मुद्धा दर्ता गरेको छ । बिभागका सूचना अधिकृत बिनोद लामिछानेका अनुसार विभागले गत आर्थिक बर्षमा ३ वटा मुद्धा दायर गरेकोमा २ वटा मुद्धा जितेको छ ।

विभागले पुर्व सांसद सञ्जय शाह विरुद्ध ३२ करोड ५० लाख विगो दावीसहित बिशेष अदालतमा मुद्धा दायर गरेको छ । त्यस्तै, दिनेश खड्का विरुद्ध ४२ लाख ५० हजार र गुट्टुकुमार विरुद्ध ४० लाख रुपैयाँ बिगो दावीसहित मुद्धा हालेको हो । विभागले गत आर्थिक बर्षमा पुराना २ वटा मुद्धा जितेर २ करोड ९५ लाख ५० हजार रुपैंयाँ बिगो असुल गराउने फैसला गराउन सफल भएको हो ।

विभागले बालु जगन्नाथ घोङको विरुद्धको मुद्धा जितेको थियो । सो मुद्धा वापत २ करोड १९ लाख रुपैंयाँ असुल गर्ने फैसाला बिशेष अदालतले गरेको थियो । त्यस्तै, बलराम प्रसाद गुप्तासँग ७३ लाख ५० हजार रुपैंयाँ असुल्ने पर्ने फैसला पनि बिशेष अदालतले गरेको थियो ।

सम्पति सुद्धिकरण सम्बन्धी अन्तराष्ट्रिय मान्यताहरुमा प्रतिवद्धता जनाईसकेको नेपालको सन २०२०/२१ सालमा म्युचुअल इभ्यालुएसन हुँदैछ । सो इभ्यालुएसनपछि नेपालले पनि सम्पत्ति सुद्धिकरणमा अत्याधिक चनाखो हुनुपर्ने लामिछानेले बताए ।

उनले श्रोत नखुलेको सम्पति र कालोधनमा फरक हुने बताउँदै श्रोत नखुलेको सम्पति विभागको कार्यक्षेत्रमा नपर्ने स्पष्ट पारे । विभागले आपराधिक गतिबिधी, लागु औषध कारोबार, आतंककारी गतिबिधीबाट आर्जन भएको कालोधनको अनुसन्धान गर्ने उनले स्पष्ट पारे ।
यस्तै विभागले ४ जना चिनियाँ नागरिकलाई सम्पत्ति शुद्धिकरण विषयमा एक साताभित्र हाजिर हुन बोलाएको छ । चीनका लु बाउइ, लिउ चुनकुन, मा जियाओङ र उ पोलाई बोलाएको विभागले जानकारी दिएको छ । विभागले उजुरी परेको भन्दै यसको छानविनका लागि उजुरी परेकाले आउन भनेको हो । तोकिएको समयभित्र हाजिर नभए कानून बमोजिम कारवाही हुने विभागले चेतावनी दिएको छ ।

Share News