आगामी वर्ष माउन्टेन हाइड्रोको नाफा ८२.८८ प्रतिशत बढ्ने, लगानीकर्ताले कति पाउने छन् लाभांश ?

<p>काठमाडौं । निजी लगानीमा प्रवद्र्धित माउन्टेन हाइड्रो नेपाल लिमिटेडले आउँदो आर्थिक वर्षमा नाफा ८२.८८ प्रतिशत बढ्ने प्रक्षेपण गरेको छ । कम्पनीले साधारण सेयर (आईपीओ) निष्कासन प्रयोजनका लागि सार्वजनिक गरेको वित्तीय विवरणमा आगामी आर्थिक वर्ष ०७६/०७७ मा नाफा बढेर ६ करोड २२ लाख रुपैयाँ पुग्ने अनुमान गरेको छ । गत आर्थिक वर्षमा २ करोड ३ लाख [&hellip;]</p>

काठमाडौं । निजी लगानीमा प्रवद्र्धित माउन्टेन हाइड्रो नेपाल लिमिटेडले आउँदो आर्थिक वर्षमा नाफा ८२.८८ प्रतिशत बढ्ने प्रक्षेपण गरेको छ । कम्पनीले साधारण सेयर (आईपीओ) निष्कासन प्रयोजनका लागि सार्वजनिक गरेको वित्तीय विवरणमा आगामी आर्थिक वर्ष ०७६/०७७ मा नाफा बढेर ६ करोड २२ लाख रुपैयाँ पुग्ने अनुमान गरेको छ । गत आर्थिक वर्षमा २ करोड ३ लाख रुपैयाँ नोक्सानमा गएको कम्पनी चालु आर्थिक वर्षमा ३ करोड ४० लाख रुपैयाँ खुदनाफा गर्ने लक्ष्य लिएको छ ।

नाफामा भएको वृद्धिसंगै कम्पनीको प्रतिसेयर नेटवर्थ बढेर १०४ रुपैयाँ र प्रतिसेयर आम्दानी (ईपीएस) ५ रुपैयाँ पुग्ने अनुमान गरिएको छ । आगामी वर्ष कम्पनीले बिजुली बिक्रीबाट ५८ करोड १७ लाख रुपैयाँ आम्दानी गर्ने छ । चालु आर्थिक वर्षमा ५६ करोड ४९ करोड रुपैयाँ पुग्ने अनुमान गरिएको छ । २१.६ मेगावाटको तल्लो हेवाखोला आयोजना बनाउन ३ अर्ब ९५ करोड २९ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ ।

यसको लागत प्रतिमेगावाट १८ करोड ३० लाख रुपैयाँ पुग्ने अनुमान गरिएको छ । यो सस्तो लागत हो । आयोजना सञ्चालनमा आएको ८ वर्षमा लगानी फिर्ता हुने अनुमान गरिएको छ । आयोजना बाट प्राप्त हुने आयमा पहिलो १० वर्ष आयकर छुट प्राप्त भएको हुँदा लाभांशको दर बढी रहेको कम्पनीले जानकारी दिएको छ । अायाेजनाबाट असाेजदेखि  बिजुली उत्पादन थाल्ने छ ,

सेञ्चुरी कमर्शियल बैंकको अगुवाइमा एक दर्जन बैंकले आयोजनामा २ अर्ब ६३ करोड ७५ लाख रुपैयाँ ऋण लगानी गरेका छन् ।
माउन्टेनले असार २२ गतेदेखि १२ करोड ५० लाख रुपैयाँ बराबरको १२ लाख ५० हजार कित्ता आईपीओ निष्कासन गरेको छ । आयोजना प्रभावितलाई छुट्टाइएको मध्ये ७ करोड ५० लाख रुपैयाँ बराबरको ७ लाख ५० हजार कित्ता पाँचथरको फिदिम नगरपालिका र हिलिहाङ गाउँपालिकाका लागि छुट्टाइएको छ ।

यस्तै ५ करोड रुपैयाँ बराबरको ५ लाख कित्ता आईपीओ पाँचथरका अन्य क्षेत्रका स्थानीयबासिन्दालाई निष्कासन गरिएको निष्कासन तथा बिक्री प्रवन्धक सिद्धार्थ क्यापिटल लिमिटेडले जनाएको छ ।

आयोजनामा ८० प्रतिशत संस्थापक र २० प्रतिशत सर्वसाधारणको लगानी हुने छ । १० प्रतिशत आयोजना प्रभावित स्थानीयबासिन्दा र १० प्रतिशत सर्वसाधारणलाई आईपीओ निष्कासन गर्ने कम्पनीले जनाएको छ ।

Share News