भिबोर क्यापिटलमा नयाँ लगानीकर्ताको प्रवेश, अध्यक्षमा तुलसी उप्रेती

<p>काठमाडौं । भिबोर क्यापिटल लिमिटेडमा नयाँ लगानीकर्ताको प्रवेश भएको छ । लुम्बिनी विकास बैंकको पूर्ण स्वामित्वमा रहेको भिवोरमा बहुसंख्यक सेयर नयाँ लगानीकर्ता समुहको हुने भएको हो । भिबोर विकास बैंकको सहायक कम्पनीको रुपमा ८ वर्ष पहिला स्थापना भएको यस क्यापिटल बिगत ३ वर्षदेखि संचालन नाफामा रहेको छ । अगामी वर्षदेखि राम्रो व्यवसाय गरी खुदनाफामा जान [&hellip;]</p>

काठमाडौं । भिबोर क्यापिटल लिमिटेडमा नयाँ लगानीकर्ताको प्रवेश भएको छ । लुम्बिनी विकास बैंकको पूर्ण स्वामित्वमा रहेको भिवोरमा बहुसंख्यक सेयर नयाँ लगानीकर्ता समुहको हुने भएको हो ।

भिबोर विकास बैंकको सहायक कम्पनीको रुपमा ८ वर्ष पहिला स्थापना भएको यस क्यापिटल बिगत ३ वर्षदेखि संचालन नाफामा रहेको छ । अगामी वर्षदेखि राम्रो व्यवसाय गरी खुदनाफामा जान सक्ने प्रक्षेपण गरिएको छ ।

निजि क्षेत्रबाट थप भएका शेयरधनीका तर्फबाट समेत गरी २०७५ साउन १४ गतेबाट लागुहुने गरि नयाँ संचालक समिति गठन गरिएको छ । नयाँ लगानीकर्ताबाट प्रतिनिधित्व गरी तुलसीप्रसाद उप्रेती अध्यक्षमा चयन भएका छन् । क्यापिटलका अरु संचालकमा आदर्शराज पाण्डे, लुम्बिनी बिकास बैंक तर्फबाट दिपक खड्का र हरिकृष्ण सुबेदी कायमै रहेका छन् ।

अध्यक्ष उप्रेतीले नेपाल राष्ट्र बैंकमा ३० वर्ष सेवा पुरा गरी कार्यकारी निर्देशक पदबाट अवकाश ग्रहण गरेका हुन् । राष्ट्रिय वाणिज्य बैंक, राष्ट्रिय बीमा संस्था र नेपाल बंगलादेश बैंकमा संचालक तथा पश्चिमाञ्चल ग्रामीण विकास बैंकमा अध्यक्ष समेत भइसकेका छन् । कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा सौरभ तिमिल्सिना नियुक्त भएका छन् ।

Share News