चीनको ९० करोड सहयोगमा दरवार हाई स्कुलको पुननिर्माण सुरु, २० महिनामा सकिने

<p>काठमाडौं । नेपालको जेठो दरबार हाई स्कुलको पुननिर्माण २० महिनामा सम्पन्न हुने भएको छ । विद्यालयको पुननिर्माणका लागि शुक्रबार एक समारोहकाबीच शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेल र नेपालस्थित चिनीयाँ राजदुत यु होङले संयुक्त रुपमा शिलन्यास गरेका गरेका छन् । चीन सरकारको अनुदान सहयोगमा स्कुल निर्माण हुन लागेको हो । विद्यालयको भवन निर्माणमा ९० [&hellip;]</p>

काठमाडौं । नेपालको जेठो दरबार हाई स्कुलको पुननिर्माण २० महिनामा सम्पन्न हुने भएको छ । विद्यालयको पुननिर्माणका लागि शुक्रबार एक समारोहकाबीच शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेल र नेपालस्थित चिनीयाँ राजदुत यु होङले संयुक्त रुपमा शिलन्यास गरेका गरेका छन् ।

चीन सरकारको अनुदान सहयोगमा स्कुल निर्माण हुन लागेको हो । विद्यालयको भवन निर्माणमा ९० करोड रुपैयाँ लाग्ने अनुमान गरिएको छ । विद्यालयको भवन ४ तल्ल र ४० कोठा निर्माण हुने छ । विद्यालयको भवन हेर्दा पुरानै शैलीको तर निर्माण सामाग्री आधुनिक प्रयोग हुने भएको छ । विद्यालय पुर्निनर्माण कार्यको शिलन्यास समारोहमा बोल्दै मन्त्री पोखरेलले तोकिएकै मिति र डिजाईन अनुसार संरचनाको निर्माण हुने जानकारी दिए ।

०७२ वैशाख १२ गते गएको भूकम्पले क्षतिग्रस्त भएको हो । तीन वर्ष बिते पछि बन्ने पक्का भएको छ भूकम्प पछिको भौतिक संरचना पुर्निनर्माणका लागि २३ जुलाई २०१५ मा २५ वटा पुननिर्माण आयोजनामा नेपाल र चीन सरकारको बाणिज्य मन्त्रालयबीच भएको सम्झौता अनुसार विद्यालयको पुनर्निर्माण काम सुरु भएको हो ।

विद्यालयका प्रधानध्यापक हेमचन्द्र महत विद्यालयको अस्थाई सिकाई केन्दमा राखेर अध्ययन सुरु गरेपछि विद्याथी घटेको बताउछन् । उनका अनुसार पहिले १६० जना विद्यार्थी थिए । हाल आएर १३२ जनामा सीमित भएका छन् । “विद्यार्थीको संख्या यसरी नै घट्दै जाने हो भने स्कुल इतिहासमा मात्रै सिमित नरहला भन्न सकिदैन” उनले भने ।

Share News