इचंगुनारायण जग्गा एकिकरण आयोजनामा उपभोक्ताको प्रश्नै प्रश्न

<p>काठमाडौं । ११ बर्ष अघि सुरु भएको इचंगुनारायणर(रानीवन) जग्गा एकिकरण आयोजनामा उपभोक्ताहरुले आधा दर्जन भन्दा बढि प्रश्न उब्जाएका छन् । आयोजना सञ्चालनका लागि गठित उपभोक्ता समितिका उपाध्यक्ष उदय राज सिंखडाले नै प्रश्नहरु खडा गरेका हुन् । ‘जनताको जग्गामा एकिकरण आयोजनाका कर्मचारीले मोज गरेका छन्, कमाई खाने भाँडो बनाएका छन्’, उपभोक्ता समितिका उपाध्यक्ष सिंखडाले भने । अर्का [&hellip;]</p>

काठमाडौं । ११ बर्ष अघि सुरु भएको इचंगुनारायणर(रानीवन) जग्गा एकिकरण आयोजनामा उपभोक्ताहरुले आधा दर्जन भन्दा बढि प्रश्न उब्जाएका छन् । आयोजना सञ्चालनका लागि गठित उपभोक्ता समितिका उपाध्यक्ष उदय राज सिंखडाले नै प्रश्नहरु खडा गरेका हुन् । ‘जनताको जग्गामा एकिकरण आयोजनाका कर्मचारीले मोज गरेका छन्, कमाई खाने भाँडो बनाएका छन्’, उपभोक्ता समितिका उपाध्यक्ष सिंखडाले भने ।

इचंगुनारायण जग्गा एकिकरण आयोजना क्षेत्रमा निर्माण भएको सडक र घरहरु

अर्का उपभोक्ता हरि अर्यालले पनि आयोजनाले गरेको कामको गुणस्तर, जग्गा बाडफाँट, खर्चको पारदर्शितामा दर्जनौं प्रश्न गर्ने ठाउँ रहेको बताए । एक लाख लिटर क्षमताको ओभर हेड पानी ट्याङकी चुहिएको, प्रति सेकेन्ड साढे ७ लिटर पानी आउनुपर्ने बोरिङबाट प्रति सेकेन्ड साढे २ लिटर मात्रै पानी आएको, न्युन गुणस्तरमा सडक कालोपत्रे गरिएको, खुल्ला क्षेत्रमा गलत ठाउँमा तोकिएको, पार्क बनाउने स्थानमा फुटबल मैदान बनाउन खोजेको, उपभोक्ताले खरिद गरेको जग्गाको पैसा नअसुलेको, खाल्डोमा जमिन खरिद गरेका भू माफियाहरुलाई मुल चोकमा जमिन उपलब्ध गराएको लगायतका आरोप पनि लगाएका छन् ।

काठमाडौं उपत्यका विकास प्राधिकरणले सञ्चालन गरेको जग्गा एकिकरण आयोजनाको प्रमुखको जिम्मेवारी केशब न्यौपानेले सम्हालिरहेका छन् । उपभोक्ता समितिको अध्यक्षमा जीत बहादुर घिमिरे रहेका छन् । आर्थिक बर्ष २०६४।६५ मा आरम्भ भएको जग्गा एकिकरण आयोजनाले २०७५ बैशाख मसान्त अवधीमा ४७ करोड ४ लाख आम्दानी गरेर ४६ करोड ८२ लाख रुपैंयाँ खर्च गरिसकेको छ ।
अपारदर्शी खर्च गरेको भन्दै आयोजनाका उपभोक्ताहरुले असन्तुष्ठि व्यक्त गरिरहेका छन् ।

Share News