एउटै व्यक्तिले विद्युत प्राधिकरणको ७४ वटा ठेक्का पाएको छ, यस्तो ऐन परिवर्तन हुन्छ- मन्त्री पुन

<p>काठमाडौँ । ऊर्जा जलस्रोत तथा सिंचाइ मन्त्री वर्षमान पुनले नेपाल विद्युत प्राधिकरणमा एउटै व्यक्तिले ७२ वटासम्म ठेक्का पाएको बताएका छन् । यत्रो ठेक्का एउटै व्यक्तिले पाएपछि उसले काम गर्न नसक्ने भन्दै यस्तो नीतिमा परिवर्तन गर्ने बताएका हुन् । सामुदायिक विद्युत उपभोक्ता राष्ट्रिय महासंघ नेपालको १४ औ वर्षिकोत्सव समारोहमा उर्जा,जलश्रोत पुनले भने “प्राधिकरणको ७४ वटा ठेक्का [&hellip;]</p>

काठमाडौँ । ऊर्जा जलस्रोत तथा सिंचाइ मन्त्री वर्षमान पुनले नेपाल विद्युत प्राधिकरणमा एउटै व्यक्तिले ७२ वटासम्म ठेक्का पाएको बताएका छन् । यत्रो ठेक्का एउटै व्यक्तिले पाएपछि उसले काम गर्न नसक्ने भन्दै यस्तो नीतिमा परिवर्तन गर्ने बताएका हुन् ।


सामुदायिक विद्युत उपभोक्ता राष्ट्रिय महासंघ नेपालको १४ औ वर्षिकोत्सव समारोहमा उर्जा,जलश्रोत पुनले भने “प्राधिकरणको ७४ वटा ठेक्का एउटै व्यक्तिले पाएको छ । उसले यत्रो काम गर्न सजिलै सक्छ होला त ? अब मन्त्रालयले ठेक्काको ऐन कानुनलाई परिवर्तन गर्ने छ ।” उनले काठका पोलहरु हटाउने काम सुरु भएको बताए ।

“दिन प्रतिदिन काठको पोल भएकै कारण धेरै नेपाली जनताहरु घाइते र मृत्यु भैरहेका छन् । त्यो रोक्नका लागि मैले काम शुरु गरिसकेको छु” नेपालभर १ लाख ५० हजार देखी २ लाखसम्म काठका पोलहरु छन् । ती पोलहरु परिवर्तन गर्नका लागि सरकारसँग बजेट पनि छ । प्रधानमन्त्रीलाई पनि पोलको बारेमा रिपोटीङ गरेको छु । उनले यसलाई अभियाको रुपमा संचालन गर्ने पनि बताएका छन् । मन्त्रालय र सरकारले कुनै कारण देखाएर पनि काम भएन भनेर भन्दैन । यो सरकारले जनआस्था अनुसार काम गर्दछ ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले भने नेपालमा अब लोडसेडिङ इतिहास भएको बताएका छन् । विद्युत स्टेसन देखि २० किलोमिटरमा सबस्टेसन राख्नु पर्छ । यसले विद्युत चुहावट र मानविय क्षति पनि कम गर्छ । ३ वर्ष भित्र आधारभुत विद्युत र ५ वर्षमा प्रत्यक नेपालीलाई विद्युतको पहुचमा पुर्याउने लक्ष्य रहेको उनले सुनाए ।

Share News