डा. गोविन्द केसी र सरकारबीचको वार्ता निश्कर्षमा, अनसन आजै तोडिने

<p>काठमाडौं । अनसनरत प्रा.डा. गोविन्द केसी र सरकारबीचको वार्ता  २७ औं दिनमा आएर निश्कर्षमा पुगेको छ । सरकारी र केसी पक्षको वार्ता टोलीबीच आज दिउँसो भएको सहमतिलाई अन्तिम रुप दिन दुबै वार्ता टोली प्रधानमन्त्री निवास बालुवाटार जाँदैछन् । उक्त सहमतिलाई वालुवाटारमा अन्तिम रुप दिइने र सहमतिपत्रमा हस्ताक्षर हुनेछ। सहमतिमा हस्ताक्षरसँगसँगै केसीको अनसन आजै तोडिने वार्ता [&hellip;]</p>

काठमाडौं । अनसनरत प्रा.डा. गोविन्द केसी र सरकारबीचको वार्ता  २७ औं दिनमा आएर निश्कर्षमा पुगेको छ । सरकारी र केसी पक्षको वार्ता टोलीबीच आज दिउँसो भएको सहमतिलाई अन्तिम रुप दिन दुबै वार्ता टोली प्रधानमन्त्री निवास बालुवाटार जाँदैछन् ।

उक्त सहमतिलाई वालुवाटारमा अन्तिम रुप दिइने र सहमतिपत्रमा हस्ताक्षर हुनेछ।

सहमतिमा हस्ताक्षरसँगसँगै केसीको अनसन आजै तोडिने वार्ता प्रक्रियामा सहभागी नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङले बताए ।

केसीको अनसन तोडाउन नेम्वाङ र केदारभक्त माथेमासहितको टोली शिक्षण अस्पताल जानेछन् ।

सहमतिमा हस्ताक्षरघि केसी पक्षका वार्ता टोलीले डा. गोविन्द केसीलाई भेटेर आज वार्तामा भएको सहमतिबारे केसीलाई जानकारी गराई, उनले सहमति जनाएमा हस्ताक्षर हुने सम्भावना छ।

Share News