न्युरोड, ठमेल, दरबारमार्ग लगायत क्षेत्रमा बहाल कर बढ्यो, अब ८ तलासम्म घर बनाउन पाइने

<p>काठमाडौं । काठमाडौं महानगरपालिकाले घरबहाल करमा नयाँ मापदण्ड ल्याएको छ । महानगरले आर्थिक ऐन २०७५ मा सम्पत्ति कर घर बहाल कर अब प्रति वर्गमिटर अनुसार तिर्नुपर्ने भएको हो । महानगरले पहिलो पटक कर निर्धारण गर्ने नया मापदण्ड तयार गरेको हो । महानगरका राजस्व विभागका निर्देशक राज्यप्रकाश प्रधानाङगाका अनुसार ठाउँ अनुसारको जग्गा हेरी प्रति आना जग्गाको [&hellip;]</p>

काठमाडौं । काठमाडौं महानगरपालिकाले घरबहाल करमा नयाँ मापदण्ड ल्याएको छ । महानगरले आर्थिक ऐन २०७५ मा सम्पत्ति कर घर बहाल कर अब प्रति वर्गमिटर अनुसार तिर्नुपर्ने भएको हो ।

महानगरले पहिलो पटक कर निर्धारण गर्ने नया मापदण्ड तयार गरेको हो । महानगरका राजस्व विभागका निर्देशक राज्यप्रकाश प्रधानाङगाका अनुसार ठाउँ अनुसारको जग्गा हेरी प्रति आना जग्गाको मूल्य तोकिएको छ । प्रतिआना जग्गाको रकमलाई १०० ले भाग गरी आउने रकमलाई स्थान अनुसार फरक फरक अंकले गुणन गरिनेछ । यसपछि घरको बनावट अनुसार प्रतिवर्गमिटर गुणन गरी आउने रकम र घरको मूल्यलाई ०.२० ले गुणन गरी आउने योगफललाई पहिलेको जग्गाको मूल्यमा जोडेर प्रतिवर्गमिटर सटरको क्षेत्रफलसँग गुणन गरी निकालिने योगको १० प्रतिशत कर तिर्नु पर्नेछ ।

यस हिसाबले रत्नपार्क, खिचापोखरी, न्युरोड, असन, त्रिपुरेश्वर लगयतको क्षेत्रमा आनाको ५० लाख रुपैयाँ तोकिएको छ । यस क्षेत्रमा बहाल कर प्रतिवर्गमिटर ५७ रुपैयाँ पर्नेछ ।

४० लाख प्रतिआना तोकिएको पुतली सडक दरबारमार्गमा ४९.५० रुपैंया कर पर्नेछ । यसरी तोकिएको रकमले पुरा सतहको वर्ग मिटरलाई गुणन गरी आएको योगको १० प्रतिशत कर तिर्नुपर्नेछ ।

अब महानगरभित्र आठ तलासम्मको घर निर्माण गर्न पाउने ऐनमा व्यवस्था गरिएको निर्देशक प्रधानाङगाले बताए । ‘महानगरभित्र अब हाइराइज बिल्डिङलाई पनि स्वीकृति दिइएको छ । यसको उदेश्य अग्ला बिल्डिङ बनाउने र खाली स्थानको बृद्धि गर्ने रहेको छ, प्रधानाङगाले विकासन्युजसँग भने यो वर्ष गत आर्थिक वर्ष भन्दा बढी कर असुल गर्ने उदेश्य राखेका छौं ।’

यसअघि सरकारले भूकम्पछि २ तला भन्दा माथिका घर बनाउन रोक लगाएको थियो । चालु आर्थिक वर्षदेखि बहाल कर स्थानीय तहले नै उपयोग गर्न पाउनेछ । यसअघि बहालकर अन्दाजी मूल्यको १२ प्रतिशत उठाउँदै आएको थियो ।

Share News