
काठमाडौंं । प्रधानन्यायाधीशमा प्रस्तावित दीपकराज जोशीविरुद्ध परेको उजुरीबारे संसदीय सुनुवाइ विशेष समितिले आज उजुरीकर्तासँग छलफल गरेको छ ।
समितिले आज प्रधानन्यायाधीशमा प्रस्तावित जोशीविरुद्ध उजुरी दिने पाँच जना उजुरीकर्तासँग छुट्टाछुट्टै प्रमाणसहित छलफल गरेको समितिका ज्येष्ठ सदस्य लक्ष्मणलाल कर्णले जानकारी दिए ।
उजुरीकर्ताहरुले दिएको प्रमाणको सत्यतथ्य छानबिन गर्न बुधबार समितिको बैठक बस्नेछ । समितिले बिहीबार प्रधानन्यायाधीशमा प्रस्तावित जोशीको सुनुवाइ गरिनेछ ।सुनुवाइ समितिले अनुमोदन राष्ट्रपति विद्यादेवी भण्डारीले जोशीलाई प्रधानन्यायाधीशमा नियुक्त गर्नेछिन् ।