
एजेन्सी । भारतमा सेयर बजार बढेर नयाँ रेकर्ड कायम भएको छ । बम्बे स्टक एक्सचेन्ज (बीएसई) र एनएसइ निफिटी सुचक बढेर उच्च विन्दुमा पुगेका छन् ।
ब्लुचिप (महंगा) कम्पनी आईटीसी, आइसीआईसी बैंक, मारुती, एचयुएलले बीएसई र निफटीको सुचक बढाउन ठुलो सहयोग पुर्याएको फाइनान्सियल एक्सप्रेसले जनाएको छ । सरकारले वस्तु तथा सेवा कर (जीएसटी) मा कटौती गरेपछि यसको असर सेयर बजारमा परेको छ । यस्तै प्रथम त्रैमाशको वित्तीय विवरण आउन थालेपछि बजारमा सकरात्मक प्रभाव परेको बताइएको छ ।
आईटीसीको सेयर मूल्य ५ प्रतिशत वृद्धि भएपछि बीएसई सुचक १०० प्रतिशत बढेको छ । यस्तै एसियन पेन्ट्स, भारती एयरटेल, अडानी पोर्टस, आईसीआईसी बैंक, हिरो मोटरकर्प, विप्रो, रिलायन्स इण्डष्ट्रिज एचडीएफसी बैंक र टाटा मोटरको सेयर मूल्य बढेको एक्सप्रेसले जानकारी दिएको छ ।
अमेरिकाले संरक्षण नीति लिने हो की भन्ने त्राशले बजार केही घटेको थियो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फेडरल रिजर्वले लिएको कसिलो नीतिको आलोचना गरेपछि डलर कमजोर भई भारु मजवुत भएपछि सेयर बजार बढेर रेकर्ड कायम भएको हो ।