मेगा बैंकमा चिनियाँ लगानी भित्रिँदै, लगानीकर्ताले पाए ५६.८६ प्रतिशत प्रतिफल

<p>काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले चिनियाँ लगानीकर्तालाई भित्र्याउने भएको छ । बैंकको ८ औं बार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै अध्यक्ष भोज बहादुर शाहले चिनियाँ लगानीकर्तालाई रणनीतिक साँझेदारका रुपमा भित्र्याउन पहल भैरहेको बताएका हुन् । &#8216;नेपालको विकास र समृद्धिको यात्रामा चिनको बिशेष चासो छ, चिनियाँहरुले पुर्वाधार लगायतका क्षेत्रमा बढाईरहेको लगानीकलाई मध्यनजर गर्दै हामीले रणनीतिक साँझेदारका रुपमा [&hellip;]</p>

काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले चिनियाँ लगानीकर्तालाई भित्र्याउने भएको छ । बैंकको ८ औं बार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै अध्यक्ष भोज बहादुर शाहले चिनियाँ लगानीकर्तालाई रणनीतिक साँझेदारका रुपमा भित्र्याउन पहल भैरहेको बताएका हुन् । ‘नेपालको विकास र समृद्धिको यात्रामा चिनको बिशेष चासो छ, चिनियाँहरुले पुर्वाधार लगायतका क्षेत्रमा बढाईरहेको लगानीकलाई मध्यनजर गर्दै हामीले रणनीतिक साँझेदारका रुपमा भित्र्याउने पहल अघि बढाएका छौं, केहि समयभित्रै त्यसको नजिता आउँछ’, शाहले भने ।

अध्यक्ष शाहले नेपालको विकासमा चीन र भारतको महत्वपुर्ण योगदान रहने बताउँदै पछिल्लो समय चिनियाँ लगानीकर्ताले वृद्धि गरेको लगानीका कारण आफुहरु चिनियाँलाई रणनीतिक साँझेदारका रुपमा ल्याउने निष्कर्षमा पुगेको पनि जानकारी दिएका थिए । यद्यपी उनले कुन चिनियाँ कम्पनीले रणनीतिक साँझेदारका रुपमा कति लगानी गर्ने भन्नेबारे भने कुनै खुलासा गरेनन् ।

बैंकले स्थापनाको ८ औं बसन्त पार गर्दा लगानीकर्तालाई ५६.८६ प्रतिशत लाभांश वितरण गरिसकेको जानकारी दिए । यस्तै बैंकले २० करोड रुपैयाँ लगानी गरेर सेयर रजिष्ट्रारको काम गर्नका लागि मेगा क्यापिटल लिमिटेड स्थापना गर्ने प्रक्रिया अन्तिम चरणमा पुगिसकेको जानकारी पनि दिए ।

यस्तै उनले सेयर ब्रोकरको काम गर्नका लागि कम्पनी स्थापनाको तयारी भएको जानकारी दिए । नेपाल राष्ट्र बैंकले बैंकलाई पनि सेयर ब्रोकरको अनुमतिपत्र (लाईसेन्स) दिने भएपछि बैंकले सहायक कम्पनी खोल्न लागेको हो ।

मेगा बैंककी प्रमुख कार्यकारी अधिकृत अनुपमा खुञ्जेलीले १० अर्ब ५७ करोड चुक्ता पुँजी पुगेको र १०२ वटा शाखासहित सेवा विस्तारमा लागिपरेको बताईन् । उनले आगामी तीन बर्षभित्र ३ अर्ब भन्दा बढि नाफा आर्जन गर्ने योजना पनि सुनाईन् ।

बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत डोल्पाका छिरिङ टावा बुढालाई एक लाख रुपैंयाँ सहयोग गरेको छ । भर्खरै एसईई परिक्षा उतिर्ण गरेका बुढलाई जेहेन्दार छात्रवृति वापत सो रकम सहयोग गरिएको खुञ्जेलीले बताईन् । त्यस्तै, असहाय बालबालिकाको क्षेत्रमा काम गर्दै आएको पौरखी नेपाल नामक संस्थालाई पनि संस्थागत समाजिक उत्तरदायित्व अन्तर्गत नै एक लाख रुपैंयाँ सहयोग गरेको छ ।

गत आर्थिक वर्षमा बैंकको निक्षेप संकलन ११ अर्ब ८२ करोड बढेर ६३ अर्ब पुगेको छ । यसैगरी कर्जा प्रवाह पनि करीब पनि ११ अर्ब बढेर ५७ अर्ब २६ करोड पुगेको छ । ग्राहक संख्या पाँच लाख छ ।

त्यसैगरी कर्जाको औसत आकार २९ लाख ५५ हजार र निक्षेप एक लाख २२ हजार छ । स्थापनाको नवौंँ वर्षमा आइपुग्दा बैंकले १०१ शाखा विस्तार गरेको छ । देशभर १४ एक्टेनशन काउन्टर, ११९ शाखारहित बैंकिङ सेवा, दुई हजारभन्दा बढी मेगा रेमिट सञ्जाल र ७४ एटिएम छन् ।

Share News