काठमाडौं । १७ वटा निर्जीवन बीमा कम्पनीहरुले एक बर्षमा ३ अर्ब १९ करोड रुपैंयाँ प्रिमियम वृद्धि गरेका छन् । आर्थिक बर्ष २०७३।०७४ मा १९ अर्ब प्रिमियम संकलन गरेका १७ कम्पनीले आव २०७४।०७५ मा भने ३ अर्ब १९ करोडले बढाएर २२ अर्ब १९ करोड पुर्याएका हुन् ।
निर्जीवन बीमा कम्पनीहरुले एक बर्षको अन्तरालमा १६.७८ प्रतिशतले बीमा शुल्क वृद्धि गरेको देखिन्छ ।
सबै भन्दा धेरै बीमा शुल्क शिखर इन्स्योरेन्सले आर्जन गरेको छ । ३ अर्ब ३७ करोड बीमा शुल्क आर्जन गरेर शिखर पहिलो नम्बरमा रहँदा सगरमाथा इन्स्योरेन्सले एक अर्ब ८३ करोड बीमा शुल्क संकलन गरेको छ ।
पहिलाे र दाेस्राे कम्पनीकाे प्रिमियम अाम्दानी अन्तर एक अर्ब ५४ कराेड रूपैयाँ रहेकाे छ ।
१ अर्ब ८० करोड बीमा शुल्क आर्जन गरेको सिद्धार्थ इन्स्योरेन्स कम्पनी तेश्रो नम्बरमा रहेको छ भने नेको इन्स्योरेन्सले चौथो स्थानमा रहँदै १ अर्ब ६५ करोड बीमा शुल्क आर्जन गर्न सफल भएको छ ।
१ अर्ब ५५ कराेड प्रिमियम अाम्दानी गरेर प्रीमियर इन्याेरेन्स चाैथाे पाेजिशनमा रहेकाे छ भने एनएलजी इन्स्याेरेन्स १५० कराेड प्रिमियम संकलत गरेर पछ्याइरहेकाे छ ।
अार्इएमर्इ इन्स्याेरेन्सले पहिलाे पटक १०० कराेड प्रिमियम अाम्दानी गरेर केक काटेकाे छ ।
७ वटा कम्पनीकाे प्रिमियम १०० कराेड रूपैयाँ भन्दा कम छ । सबैभन्दा कम अर्थात ४८ कराेड प्रिमियम अाम्दानी गरेर यूनार्इटेड इन्स्याेरेन्स पछाडि परेकाे छ । अघिल्लाे वर्ष सबैभन्दा पछाडि भएकाे एभरेष्ट इन्स्याेरेन्स कम्पनी एक स्टेप माथि चढेकाे छ ।
भारतीय लगानीका दुर्इ वटै बीमा कम्पनी प्रतिष्पर्धामा पछाडि परेकाे छन् ।