
काठमाडौं । सेयर बजार निरन्तर ओरालो लागेर साधारण सेयर (आईपीओ) समेत बिक्री हुन नसक्ने अवस्थमा पुगेको भन्दै बैंकरले चिन्ता व्यक्त गरेका छन् ।
नेपाल बैंकर्स इन्टिच्युटले बुधबार राजधानीमा आयोजना गरेको चालु आर्थिक वर्षको मौद्रिक नीति विषयक अन्तरक्रियामा बोल्दै नेपाल बैंकर्स संघका अध्यक्ष ज्ञानेन्द्र ढुङानाले आईपीओ, एफपीओ र हकप्रद सेयर पनि बिक्री नहुने अवस्था आएको भन्दै यसलाई सम्बोधन गर्न नेपाल राष्ट्र बैंकको ध्यानकर्षण गराएका थिए ।
“नेपाल बैंकको एफपीओ बिक्री हुन सकेको छैन, एनएमबी बैंकको बलतल्ल बिक्री भयो, हकप्रद सेयर त बिक्री नभएर धमाधम लिलामी भइरहेका छन” ढुङानाले भने “१०० रुपैयाँमा पनि हकप्रद सेयर बिक्री नहुनु बजारमा ठुलो समस्या हो ।”
यता राष्ट्र बैंक अनुसन्धान विभागका कार्यकारी निर्देशक नरबहादुर थापाले सेयरको मार्जिन कलको सीमा १० बाट २० प्रतिशत पुर्याएको बताए । कुल लगानीको २ प्रतिशत अर्थात ४२ अर्ब रुपैयाँ सेयरमा लगानी भएको जानकारी दिए ।