
काठमाडौं । आर्थिक वर्ष सकिन १ दिन मात्र बाँकी हुदा लक्ष्यको ९७.८४ प्रतिशत राजश्व संकलन भएको छ ।आइतबारसम्म सरकारले ७ खर्ब १४ अर्ब ३१ करोड रुपैयाँ राजश्व संकलन गरेको छ ।
सरकारले चालु आर्थिक वर्षमा ७ खर्ब ३० अर्ब ५ करोड रुपैयाँ राजश्व संकलन लक्ष्य लिएको छ । यो लक्ष्य पुरा गर्न सरकारले सोमबार १५ अर्ब ७३ करोड रुपैयाँ राजश्व संकलन गर्नुपर्ने हुन्छ । राजश्व संकलन कम भएपछि सरकारले मध्यावधि बजेट समीक्षामा राजश्व संकलन लक्ष्यको भन्दा २ अर्ब रुपैयाँ कम अर्थात ७ खर्ब २८ अर्ब हुने अनुमान गरेको छ । मंगलबारदेखि नयाँ आर्थिक वर्ष सुरु हुदैछ ।
यस्तै सरकारले लक्ष्यको ८२.७१ प्रतिशत मात्र खर्च गरेको छ । चालु आवमा सरकारले १२ खर्ब ७९ अर्ब ७६ करोड रुपैयाँ विनियोजन गरेकोमा आइतबारसम्म १० खर्ब ५८ अर्ब ५१ करोड रुपैयाँ मात्र खर्च गरेको महालेखा नियन्त्रकको कार्यालयले जनाएको छ ।
यसमध्य चालुतर्फ ८६.३७ प्रतिशत अर्थात ६ खर्ब ९४ अर्ब ६ करोड रुपैयाँ मात्र खर्च भएको छ । चालु आवमा ८ खर्ब ३ अर्ब ६६ करोड रुपैयाँ गर्ने लक्ष्य तय गरेको थियो । पुँजीगत खर्च ७६.१३ प्रतिशत अर्थात २ खर्ब ५५ अर्ब १५ करोड रुपैयाँ खर्च भएको छ । चालु आवमा ३ खर्ब ३५ अर्ब १७ करोड रुपैयाँ पुँजीगत खर्च गर्ने लक्ष्य लिएको छ ।