सरकारले लेखापरीक्षण रकमको सीमा तोक्यो, घ वर्गले ५ करोडसम्मको मात्र गर्न पाउने

<p>काठमाडौं । सरकारले लेखापरीक्षण गर्न पाउने सीमा तोकेको छ । साउन १ गते मंगलबारदेखि क देखि घ वर्गका लेखापरीक्षकले लेखापरीक्षण गर्ने सीमा निर्धारण गरिएको हो । रकमको सीमा भन्दा बाहिर गएर लेखापरीक्षण गर्न नपाइने भएको छ । जसअनुसार क वर्षको पेशागत प्रमाणपत्र प्राप्त गरेका सदस्यले जतिसुकै रकमको पनि लेखापरीक्षण गर्न पाउने छन् । यस्तै ख [&hellip;]</p>

काठमाडौं । सरकारले लेखापरीक्षण गर्न पाउने सीमा तोकेको छ । साउन १ गते मंगलबारदेखि क देखि घ वर्गका लेखापरीक्षकले लेखापरीक्षण गर्ने सीमा निर्धारण गरिएको हो ।

रकमको सीमा भन्दा बाहिर गएर लेखापरीक्षण गर्न नपाइने भएको छ । जसअनुसार क वर्षको पेशागत प्रमाणपत्र प्राप्त गरेका सदस्यले जतिसुकै रकमको पनि लेखापरीक्षण गर्न पाउने छन् ।

यस्तै ख वर्गकाले १ अर्ब, ग वर्गले २५ करोड र घ वर्गले ५ करोड रुपैयाँसम्म लेखापरीक्षण गर्न पाउने व्यवस्था गरिएको नेपाल चाटर्ड एकाउन्टेन्ट्स संस्थाले जनाएको छ ।

सरकारले नेपाल चाटर्ड एकाउन्टेन्ट्स नियमावलीको नियमावलीमा परिमार्जन गरी लेखापरीक्षणको स्तर निर्धारण गरेको हो ।

Share News