मंगलबारदेखि इन्टरनेट सेवा महंगो हुदै, प्रयोगकर्तालाई थप १३ प्रतिशत करको भार

<p>काठमाडौं । साउन १ गते अर्थात भोली मंगलबारदेखि नेपालमा इन्टरनेट सेवा १३ प्रतिशत महंगो हुने भएको छ । विदेशमा इन्टरनेट सेवाको मूल्य घट्दै गएका बेला नेपालमा भने बढ्को छ । सरकारले टेलिफोन, मोवाइल, इन्टरनेट दुरसञ्चार सेवा उपलब्ध गराउने निकायले ग्राहकबाट थप १३ प्रतिशत दुरसञ्चार सेवा दस्तुर ग्राहकबाट असुल गर्नुपर्ने आर्थिक विद्ययेकमा व्यवस्था गरिएपछि सेवा महंगो [&hellip;]</p>

काठमाडौं । साउन १ गते अर्थात भोली मंगलबारदेखि नेपालमा इन्टरनेट सेवा १३ प्रतिशत महंगो हुने भएको छ । विदेशमा इन्टरनेट सेवाको मूल्य घट्दै गएका बेला नेपालमा भने बढ्को छ ।

सरकारले टेलिफोन, मोवाइल, इन्टरनेट दुरसञ्चार सेवा उपलब्ध गराउने निकायले ग्राहकबाट थप १३ प्रतिशत दुरसञ्चार सेवा दस्तुर ग्राहकबाट असुल गर्नुपर्ने आर्थिक विद्ययेकमा व्यवस्था गरिएपछि सेवा महंगो हुने भएको हो ।

सरकारले पहिलो पटक आर्थिक वर्ष ०७५/०७६ देखि कार्यन्वयनमा ल्याउन लागेको हो । इन्टरनेट सेवा व्यवसायीकरण हुदै गएकाले कर लगाएको अर्थ मन्त्रालयका राजश्व सचिव शिशीरकुमार ढुङाना बताउछन् ।

विगतका वर्षमा यस्तो दस्तुरको व्यवस्था भएपनि इन्टरनेट सुविधाका लागि दुरसञ्चार सेवा दस्तुर लागु भएको थिएन् । आगामी वर्षदेखि दुरसञ्चार सेवा दस्तुरको दायराभित्र समावेश गरेको छ । दुरसञ्चार सृेवा उपलब्ध गराउने निकायले ग्राहकबाट लिने महशुल ११ प्रतिशत रकम दुरसञ्चार सेवा दस्तुरवापत असुल गरिने छ ।

Share News