सिटिजन्स बैंकले एकैदिन खोल्यो दुर्गममा ६ वटा शाखा, प्रत्येकलाई १ करोड निर्ब्याजी

<p>काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनलले दुर्गम स्थानीय तहमा एकैदिन ४ वटा शाखा विस्तार गरेको छ । नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार बाणिज्य बैंकको शाखा स्थापना नभएका ४ वटा स्थानीय तहमा सिटिजन्स बैंकले शाखा खोलेको हो । दुर्गम स्थानमा खोलेको शाखालाई सरकारले निर्ब्याजी १ करोड रूपैयाँ दिने र सरकारी कामहरु तिनै बैंकबाट हुने बताए । बैंकका [&hellip;]</p>

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनलले दुर्गम स्थानीय तहमा एकैदिन ४ वटा शाखा विस्तार गरेको छ । नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार बाणिज्य बैंकको शाखा स्थापना नभएका ४ वटा स्थानीय तहमा सिटिजन्स बैंकले शाखा खोलेको हो । दुर्गम स्थानमा खोलेको शाखालाई सरकारले निर्ब्याजी १ करोड रूपैयाँ दिने र सरकारी कामहरु तिनै बैंकबाट हुने बताए ।

बैंकका प्रमुख कार्यकारी अधिकृत राजनसिंह भण्डारीले केन्द्रिय कार्यालयबाट शाखाहरुको सेवा आरम्भ गरेका हुन् । बैंकले प्युठानको झिमरुक, पूर्व रुकुमको भूमे, हुम्लाको नाम्खा र अछामको ढकारीमा नयाँ शाखा संचालनमा ल्याएको छ ।

नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार नै दुर्गममा शाखा विस्तार गरेको प्रमुख कार्यकारी अधिकृत भण्डारीले बताए । दुर्गममा १८ वटा शाखा विस्तार गर्नु पर्नेमा १७ वटा विस्तार भैसकेको र कैंलालीमा सडकको समस्याले शाखा खोल्न बांकी रहेको छ । त्यहा पनि २ महिना भित्र शाखा संचालमा आउने बताए । निकट भविष्यमै बैंकले काठमाडौंको टोखा र थानकोटमा शाखा स्थापना योजना रहेको भण्डारीले बताए ।

यस बैंकको शाखा सञ्जाल अब ७८ वटा पुगेको छन् भने ७० वटा एटिएम ९९ वटा शाखारहित बैंकिङ सञ्चालनमा रहेका छन् ।

Share News