विद्युतीय बैंकिङ सेवा प्रयोग गर्नेको संख्या १ करोड बढी

<p>काठमाडौं । विद्युतीय बैंकिङ सेवाको प्रयोग गर्नेको संख्या १ करोड नाघेको छ । हालसम्म मोवाइल, इन्टरनेट, डेविट कार्ड, क्रेडिट कार्ड प्रयोग गर्नेको संख्या १ करोड १ लाख १६ हजार पुगेको नेपाल राष्ट्र बैंकले जनाएको छ । केन्द्रीय बैंकका अनुसार मोवाइल बैंकिङ ४० लाख, इन्टरनेट बैंकिङ ७ लाख ८४ हजार, डेविट कार्डको संख्या ५२ लाख ३५ [&hellip;]</p>

काठमाडौं । विद्युतीय बैंकिङ सेवाको प्रयोग गर्नेको संख्या १ करोड नाघेको छ ।

हालसम्म मोवाइल, इन्टरनेट, डेविट कार्ड, क्रेडिट कार्ड प्रयोग गर्नेको संख्या १ करोड १ लाख १६ हजार पुगेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

केन्द्रीय बैंकका अनुसार मोवाइल बैंकिङ ४० लाख, इन्टरनेट बैंकिङ ७ लाख ८४ हजार, डेविट कार्डको संख्या ५२ लाख ३५ हजार र क्रेडिट कार्ड प्रयोगकर्ता ९७ हजार रहेका छन् ।

पछिल्लो समयमा विद्युतीय प्रविधिको प्रयोग गर्नेको संख्या बढ्दै गएको राष्ट्र बैंकले जनाएको छ । बैंक तथा वित्तीय संस्थामा रहेको निक्षेप खाताको संख्या २ करोड २५ लाख, कर्जा खाता १२ लाख ८७ हजार पुगेको छ । यस्तै एटीएमको संख्या २ हजार ६२४ रहेको छ ।

७५३ स्थानीय तहमध्ये ५५६ मा बैंकको पंहुच पुगेको छ । बैंक तथा वित्तीय संस्थाको कुल शाखा संख्या ६ हजार ४१८ पुगेको केन्द्रीय बैंकले जनाएको छ । एउटा शाखाबाट ५ हजार ८०९ जनसंख्याले वित्तीय सेवा पाइरहेका छन् ।

Share News