बैंकले ब्रोकर लाइसेन्स पाएपछि होला त सेयर बजार विस्तार ?

<p>काठमाडौं । वाणिज्य बैंकले पनि धितोपत्र कारोबारको अनुमतिपत्र (ब्रोकर लाइसेन्स) पाउने भएपछि सेयर बजारमा अझ बढी प्रतिस्पर्धा र विस्तार हुने देखिएको छ । वाणिज्य बैंकले पनि ब्रोकर कारोबारको लाइसेन्स पाएपछि राजधानीमा मात्र केन्द्रित सेयर कारोबार अब जिल्लामा पुग्ने देखिएको छ । हाल ५० ब्रोकर कम्पनीमार्फत सेयरको कारोबार हुदै आएको छ । बैंकले ब्रोकर कारोबारको लाइसेन्स [&hellip;]</p>

काठमाडौं । वाणिज्य बैंकले पनि धितोपत्र कारोबारको अनुमतिपत्र (ब्रोकर लाइसेन्स) पाउने भएपछि सेयर बजारमा अझ बढी प्रतिस्पर्धा र विस्तार हुने देखिएको छ । वाणिज्य बैंकले पनि ब्रोकर कारोबारको लाइसेन्स पाएपछि राजधानीमा मात्र केन्द्रित सेयर कारोबार अब जिल्लामा पुग्ने देखिएको छ ।

हाल ५० ब्रोकर कम्पनीमार्फत सेयरको कारोबार हुदै आएको छ । बैंकले ब्रोकर कारोबारको लाइसेन्स पाएपछि सेयर बजार वृद्धि हुनुका साथै दायरा विस्तारमा सहयोग पुग्ने नेपाल धितोपत्र बोर्डका प्रवत्ता निरज गिरी बताउँछन् । बैंकले ब्रोकर कारोबारको लाइसेन्स पाएपछि सेयर कारोबार अझ बढी प्रतिस्पर्धी हुने उनको भनाई छ ।

धितोपत्र कारोबार नियमावलीले बैंकलाई पनि ब्रोकर कारोबार खुला गरिसकेको बताउँदै उनले भने “नियामक नेपाल राष्ट्र बैंकले पनि बाटो खुला गरेकाले अब चाहाने बैंकले लाइसेन्स पाउने छन् ।” कारोबार सिष्टमका लागि नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) संग सहकार्य आवश्यक पर्ने उनको भनाई छ । स्टक ब्रोकरमा असन्तुष्ठि आउन सक्ने बताउँदै उनले यसले भविष्यमा उनीहरुलाई नै राम्रो बनाउने गिरीको तर्कछ । प्रतिस्पर्धा र दायरा बढ्नु राम्रो कुरा भएको गिरी बताउँछन् ।

नेपाल स्टक ब्रोकर एसोसियसनका निवर्तमान अध्यक्ष तथा कालिका सेक्युरिटिजका सञ्चालक नरेन्द्र सिजापतिले बजारमा प्रतिस्पर्धा क्षमता बढाउनुका साथै लगानीकर्तालाई पंहुच विस्तार हुने बताउँछन् । लगानीकर्ताको मागअनुसार केन्द्रीय बैंकले बैंकलाई ब्रोकर लाइसेन्स खुला गरेको बताउँदै कसरी काम अघि बढ्छ त्यसमा निर्भर रहने उनको भनाई छ ।

बैंकहरुको लविङ राम्रो हुने भएकाले सहज रुपमा नीतिगत सुधार हुने, क्षेत्र विस्तारले गर्दा लगानीकर्ताको संख्या अझ बढ्ने ब्रोकरहरुको भनाई छ । यद्यपी बैंकले नै ब्रोकर कारोबार गर्न पाउने भएपछि स्वार्थको द्धन्द्ध (कन्फिल्ट अफ इन्ट्रेष्ट) अधिक संभावना र सेयर रजिष्टारको काम गर्नेले पूर्वसुचना पाउने संभावना रहन्छ ।

ब्रोकर कम्पनीको चुक्ता पुँजी २ करोड रुपैयाँ रहेको छ । नेप्सेमा १९६ कम्पनी सुचिकृत रहेका छन् । राष्ट्र बैंकले ल्याएको मौद्रिक नीतिमा ब्रोकर कारोबार गर्ने बैंकले सहायक कम्पनी स्थापना गर्नुपर्ने उल्लेख छ । वाणिज्य बैंकले आवश्यकता ठानेमा स्वीकृति पाउने छन् । बैंकलाई पनि ब्रोकर कारोबारको लाइसेन्स दिनुपर्ने लगानीकर्ताको मागलाई खुला गरेको राष्ट्र बैंकले जनाएको छ ।

Share News