जलविद्युत र पर्यटन कर्जा सीमा बढेर १५ प्रतिशत पुग्यो

<p>काठमाडौं । नेपाल राष्ट्र बैंकले जलविद्युत र पर्यटन क्षेत्रमा जाने कर्जा सीमा बढाएर १५ प्रतिशत पुर्याएको छ । जलविद्युत कर्जा सीमा ५ प्रतिशत मात्र रहेकोमा यसलाई पर्यटनसंग जोडेर १५ प्रतिशत पुर्याएको हो । &nbsp; यस्तै कृषि क्षेत्रमा १० प्रतिशत कर्जा लगानी गर्नुपर्ने अविवार्य व्यवस्था गरिएको छ । केन्द्रीय बैंकले प्राथमिकता प्राप्त क्षेत्रमा २५ प्रतिशत कर्जा [&hellip;]</p>

काठमाडौं । नेपाल राष्ट्र बैंकले जलविद्युत र पर्यटन क्षेत्रमा जाने कर्जा सीमा बढाएर १५ प्रतिशत पुर्याएको छ । जलविद्युत कर्जा सीमा ५ प्रतिशत मात्र रहेकोमा यसलाई पर्यटनसंग जोडेर १५ प्रतिशत पुर्याएको हो ।

 

यस्तै कृषि क्षेत्रमा १० प्रतिशत कर्जा लगानी गर्नुपर्ने अविवार्य व्यवस्था गरिएको छ । केन्द्रीय बैंकले प्राथमिकता प्राप्त क्षेत्रमा २५ प्रतिशत कर्जा प्रवाह गर्नुपर्ने पुरानो व्यवस्थालाई निरन्तरता दिदै जलस्रोत क्षेत्रको कर्जा बढाएको हो ।

यस्तै विकास बैंकले न्युनतम १५ र वित्त कम्पनीले १० प्रतिशत प्राथमिकता प्राप्त क्षेत्रमा कर्जा लगानी गर्नुपर्ने व्यवस्था गरेको हो ।यस्तै विपन्न क्षेत्रमा प्रवाह गर्नुपर्ने कर्जा सीमा ५ प्रतिशत तोकिएको छ । हाल वाणिज्य बैंकले ५, विकास बैंकले ४.५ र वित्त कम्पनीले ४ प्रतिशत लगानी गर्नुपर्ने व्यवस्था छ ।

Share News