काठमाडौं । साउदीस्थित फौरीबाट नेपाल पैसा पठाउँदा विभिन्न आकर्षक पुरस्कारहरू प्राप्त गर्न सकिने व्यवस्था गरिएको छ । साउदीबाट नेपाल आइएमई गर्ने सम्पूर्ण सेवाग्राहीहरू सहभागी हुन सक्ने यो योजना असार २१ गतेबाट असोज १४ गते (६ जुलाईबाट शुरु भइ ३० सेप्टेम्बर २०१८)सम्म कायम हुनेछ ।

यो योजनाअन्तर्गत योजना अवधिभर ‘लक्की ड्र’ बाट छनोट हुने विजेताहरूमध्ये हरेक दिन ५ जना भाग्यशाली सेवाग्राहीलाई एक/एक आकर्षक टिसर्ट, हरेक हप्ता एक जना सेवाग्राहीलाई ३२ इन्चको एलईडी टेलिभिजन र १ जना भाग्यशाली विजेतालाई साउदीबाट नेपालसम्मको यात्राको लागिहवाई टिकट प्रदान गरिनेछ । यस योजना अन्तर्गत साउदीबाट नेपालमा आइएमई मार्फत पैसा पठाउने सेवाग्राहीहरुको ट्रान्जेक्सन नम्बर र नामका आधारमा सफ्टवेयर पद्वतिमा आधारित रही विजेता छनोट गरिनेछ ।
पुरस्कार ग्रहण गर्नको लागि पैसा पठाउँदा प्राप्त भएको रिसिप्ट साथमै लिएर आउनुपर्नेछ भने आइएमईमा कार्यरत कर्मचारी, संचालक र व्यावसयिक साझेदार यो योजनामा सहभागी हुन पाउने छैनन् । योजनाको सर्वाधिकार कम्पनीमा निहित हुनेछ । यस सम्बन्धी विस्तृत जानकारी कम्पनीको आधिकारी वेबसाइट र सामाजिक संजालमा उपलब्ध हुनेछ ।
कम्पनीले १ सय ७४ आइएमई सेन्टरसहित ७५ जिल्लाका ८ हजार १ सयभन्दा बढी सव-एजेन्ट र बैंक तथा वित्तीय संस्थाका शाखामार्फत् सेवा दिँदै आएको छ ।