मेरो सेयर एप्स दुरुपयोग, लगानीकर्ताको तथ्यांक जोखिममा

<p>काठमाडौं । सिडिएस एण्ड क्लियरिङ लिमिटेडले सेयर आवेदनका लागि प्रयोग गरेको मेरो सेयर एप्सको दुरुपयोग भएको छ । लिटल डि बिजनेश नामको युजरले मेरो सेयर एप्सको लोगो प्रयोग गरेर अर्कै एप्स बनाएर गुगल प्ले स्टोरमा अपलोड गरेको हो । आफ्नो लोगो चोरिएपछि सिडिएसले केन्द्रिय अनुसन्धान विभागमा उजुरी दिईसकेको प्रवक्ता सुरेश न्यौपानले जानकारी दिए । ‘हाम्रो [&hellip;]</p>

काठमाडौं । सिडिएस एण्ड क्लियरिङ लिमिटेडले सेयर आवेदनका लागि प्रयोग गरेको मेरो सेयर एप्सको दुरुपयोग भएको छ । लिटल डि बिजनेश नामको युजरले मेरो सेयर एप्सको लोगो प्रयोग गरेर अर्कै एप्स बनाएर गुगल प्ले स्टोरमा अपलोड गरेको हो ।

आफ्नो लोगो चोरिएपछि सिडिएसले केन्द्रिय अनुसन्धान विभागमा उजुरी दिईसकेको प्रवक्ता सुरेश न्यौपानले जानकारी दिए । ‘हाम्रो लोगो चोरि भएपछि सिइआईबीमा उजुरी दिएका छौं, अब साइबर क्राइमको मुद्धा लगाउँछौं’, सिडिएसका प्रवक्ता न्यौपानेले विकासन्युजसँग भने ।

उनले मेरो सेयरमा रहेको सेयर लगानीकर्ताहरुका तथ्यांकहरु भने सबै सुरक्षित रहेको स्पष्ट पारेको छ ।

सिडिएसले सेयर लगानीकर्ताहरुको तथ्यांकमा जुनसुकै समयमा खतरा आउने भएकाले लोगो चोरेर निर्माण गरिएको एप्स तत्काल बन्द गर्ने प्रक्रिया अघि बढाईसकिएको जनाएको छ । कम्पनीले हालसम्म आफ्नो आधिकारीक एप्स नभएकाले र निकट भविष्यमै त्यस्तो एप्स निर्माण गरेर सञ्चालनमा ल्याउने पनि जानकारी दिएको छ ।

Share News