बुटबलदेखि बर्दघाटसम्म २२० केभी प्रसारणलाइन बन्दै, विद्युत प्राधिकरणले ग्लोबल टेण्डर खुलायो

<p>काठमाडौं । नेपाल विद्युत प्राधिकरणले बुटवलदेखि बर्दघाटसम्म २२० केभी क्षमताको प्रसारणलाइन निर्माण गर्न लागेको छ । प्रसारणलाइन निर्माणका लागि ठेकेदार नियुक्तिको तयारी सुरु भएको छ । विद्युत प्राधिकरणले ठेकेदार छनौटका लागि शुक्रबार विश्वव्यापी बोलपत्र (ग्लोबल टेण्डर) आब्हान गरेको छ । बोलपत्र पेश गर्ने अन्तिम दिन अगष्ट १३ लाई तोकिएको छ । काम सुरु गरेको ५४० [&hellip;]</p>

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले बुटवलदेखि बर्दघाटसम्म २२० केभी क्षमताको प्रसारणलाइन निर्माण गर्न लागेको छ । प्रसारणलाइन निर्माणका लागि ठेकेदार नियुक्तिको तयारी सुरु भएको छ । विद्युत प्राधिकरणले ठेकेदार छनौटका लागि शुक्रबार विश्वव्यापी बोलपत्र (ग्लोबल टेण्डर) आब्हान गरेको छ ।

बोलपत्र पेश गर्ने अन्तिम दिन अगष्ट १३ लाई तोकिएको छ । काम सुरु गरेको ५४० दिनमा प्रसारणलाइन सकिनु पर्ने उल्लेख गरिएको छ । एसियाली विकास बैंक (एडीबी) को ऋण सहयोगमा आयोजना निर्माण हुन लागेको हो । यो आयोजना सासेकअन्र्तगत रहेको छ ।

Share News