युनियन हाइड्रोपावरले आईपीओ निष्कासन गर्न पायो अनुमति, ७ करोड ५० लाखको आउने

<p>काठमाडौं । युनियन हाइड्रोपावर लिमिटेडले साधारण सेयर (आईपीओ) निष्कासन गर्न अनुमति पाएको छ ।  नेपाल धितोपत्र बोर्डले बिहीबार कम्पनीलाई ७ करोड ५० लाख रुपैयाँ बराबरको ७ लाख ५० हजार कित्ता आईपीओ निष्कासन गर्न अनुमति दिएको हो । कम्पनीले पहिलो चरणमा १० प्रतिशत आईपीओ आयोजना प्रभावित स्थानीयबासिन्दालाई निष्कासन गर्ने भएको छ । आईपीओ निष्कासन तथा बिक्री [&hellip;]</p>

काठमाडौं । युनियन हाइड्रोपावर लिमिटेडले साधारण सेयर (आईपीओ) निष्कासन गर्न अनुमति पाएको छ ।  नेपाल धितोपत्र बोर्डले बिहीबार कम्पनीलाई ७ करोड ५० लाख रुपैयाँ बराबरको ७ लाख ५० हजार कित्ता आईपीओ निष्कासन गर्न अनुमति दिएको हो ।

कम्पनीले पहिलो चरणमा १० प्रतिशत आईपीओ आयोजना प्रभावित स्थानीयबासिन्दालाई निष्कासन गर्ने भएको छ । आईपीओ निष्कासन तथा बिक्री प्रवन्धकमा लक्ष्मी क्यापिटल लिमिटेड नियुक्त भएको छ।

Share News