नाडेप लघुवित्तमा २२ गुणा बढी आवेदन, मागेको ४ करोड ८० लाख, आवेदन पर्यो १ अर्ब ३ करोड

<p>काठमाडौं। नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेडले निष्काशन गरेको साधारण सेयर (आइपिओ) २२ गुणा बढि आवेदन परेको छ । संस्थाले गत आइतबारदेखि निष्कासन गरेको आईपीओमा बुधबार अन्तिम दिनसम्म १ अर्ब ३ करोड रुपैयाँको आवेदन परेको छ । संस्थाले ४ करोड ८० लाख रुपैयाँ बराबरको ४ लाख ८० हजार कित्ता आइपिओ निष्काशन गरेको थियो । आईपीओमा २ [&hellip;]</p>

काठमाडौं। नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेडले निष्काशन गरेको साधारण सेयर (आइपिओ) २२ गुणा बढि आवेदन परेको छ । संस्थाले गत आइतबारदेखि निष्कासन गरेको आईपीओमा बुधबार अन्तिम दिनसम्म १ अर्ब ३ करोड रुपैयाँको आवेदन परेको छ ।

संस्थाले ४ करोड ८० लाख रुपैयाँ बराबरको ४ लाख ८० हजार कित्ता आइपिओ निष्काशन गरेको थियो । आईपीओमा २ लाख १९ हजारले आवेदन दिएका थिए । जसमा १० करोड ३५ लाख कित्ताको लागि आवेदन परेको सेयर निष्कासन तथा बिक्री प्रवन्धक नविल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडले जनाएको छ । नविल इन्भेष्टमेन्टका अनुसार अनलाइन मार्फत १ लाख ११ हजार आवेदकले ४७ लाख ९८ हजार कित्ताको लागि आवेदन दिएका छन् ।

Share News