ज्योति विकास बैंकको शाखा चितवनको पर्सामा, विपन्न परिवारलाई लघु कर्जा शुरु

<p>काठमाडौं । ज्योति विकास बैंक लिमिटेडले चितवनको पर्सामा नयाँ शाखा संचालनमा ल्याएको छ । पर्सा बजारमा रहेको उक्त शाखाको उद्घाटन प्रमुख अथिति खैरहनी नगरपालिकाका मेयर लालमणी चौधरी तथा बैंकका अध्यक्ष हरिचन्द्र खड्काले संयुक्त रुपमा गरेका थिए । कायक्रममा बैंकका अध्यक्ष खड्काले ज्योति विकास बैंकले विपन्न परिवारका लागि लघु कर्जा शुरु गरेको र सम्पूर्ण शाखा मार्फत [&hellip;]</p>

काठमाडौं । ज्योति विकास बैंक लिमिटेडले चितवनको पर्सामा नयाँ शाखा संचालनमा ल्याएको छ । पर्सा बजारमा रहेको उक्त शाखाको उद्घाटन प्रमुख अथिति खैरहनी नगरपालिकाका मेयर लालमणी चौधरी तथा बैंकका अध्यक्ष हरिचन्द्र खड्काले संयुक्त रुपमा गरेका थिए ।

कायक्रममा बैंकका अध्यक्ष खड्काले ज्योति विकास बैंकले विपन्न परिवारका लागि लघु कर्जा शुरु गरेको र सम्पूर्ण शाखा मार्फत आधुनिक बैकिङ्ग सेवा प्रदान गर्न प्रतिवद्ध रहेको बताएका छन् । साथै, बैंकका प्रमुख कार्यकारी अधिकृत मनोज ज्ञवालीले व्यवसायिक हिसाबले महत्वपुर्ण मानिने चितवनमा शाखा संजाल विस्तार गर्ने क्रममा पर्सामा शाखा खोलेको बताएका छन् ।

हाल बैंकले ५७ वटा शाखा कार्यालय तथा १८ वटा एटीएम मार्पmत सेवा उपलव्ध गराउँदै आईरहेको छ । यसै आर्थिक वर्ष भित्र थप ३ वटा नयाँ शाखा तथा थप ४ स्थानमा एटीएम संचालनमा ल्याउने प्रक्रियामा रहेको छ ।

 

Share News