ज्योति विकास बैंक धादिङ्गको गल्छीमा, साना लघुकर्जादेखि ठुला औधोगिक कर्जा प्रदान गरिने

<p>काठमाडौं । ज्योति विकास बैंकले धादिङ्गको गल्छीमा नयाँ शाखा संचालनमा ल्याएको छ । उक्त शाखा कार्यालयको उद्घाटन गल्छी गाउँपालिकाका अध्यक्ष कृष्णहरि श्रेष्ठ तथा बैंकका अध्यक्ष हरिचन्द्र खड्काले संयुक्त रुपमा उद्घाटन गरेका छन् । सो अवसरमा बैंकका अध्यक्ष खड्काले यस बैंकले आधुनिक बैकिङ्ग सेवा देशैभरी विस्तार गर्ने क्रममा व्यवसायिक दृष्टिकोणले भविष्य बोकको गल्छीमा शाखा ल्याएको बताएका [&hellip;]</p>

काठमाडौं । ज्योति विकास बैंकले धादिङ्गको गल्छीमा नयाँ शाखा संचालनमा ल्याएको छ । उक्त शाखा कार्यालयको उद्घाटन गल्छी गाउँपालिकाका अध्यक्ष कृष्णहरि श्रेष्ठ तथा बैंकका अध्यक्ष हरिचन्द्र खड्काले संयुक्त रुपमा उद्घाटन गरेका छन् ।

सो अवसरमा बैंकका अध्यक्ष खड्काले यस बैंकले आधुनिक बैकिङ्ग सेवा देशैभरी विस्तार गर्ने क्रममा व्यवसायिक दृष्टिकोणले भविष्य बोकको गल्छीमा शाखा ल्याएको बताएका छन् । बैंकका प्रमुख कार्यकारी अधिकृत मनोज ज्ञवालीले साना लघुकर्जा देखि ठुला औधोगिक कर्जा प्रवाह गरिने बताएका छन् ।

हाल बैंकले ५७ वटा शाखा कार्यालय तथा १८ वटा एटीएम मार्फत सेवा उपलव्ध गराउँदै आईरहेको छ । साथै, यसै आर्थिक वर्ष भित्र थप ३ वटा नयाँ शाखा तथा थप ४ स्थानमा एटीएम संचालनमा ल्याउने प्रक्रियामा रहेको बैंकले जनाएको छ ।

Share News