लगानी जुटाउन नसकेपछि ९.७ मेगावाटको ईङवा आयोजनाको सम्झौता रद्ध हुदै, विद्युत प्राधिकरणले सोध्यो स्पष्टिकरण

<p>काठमाडौं । नेपाल विद्युत प्राधिकरणले ईङवा हाइड्रोपावर प्राइभेट लिमिटेडसंग गरेको विद्युत खरिदबिक्री सम्झौता (पीपीए) रद्ध गर्ने भएको छ । पीपीए गरेको ७ वर्ष बितिसक्दा पनि आयोजना निर्माण सुरु नभएपछि सम्झौता रद्ध गर्न लागेको विद्युत प्राधिकरणले जनाएको छ । विद्युत प्राधिकरण र कम्पनीबीच ०६८ असार १० गते पीपीए भएको थियो । त्यसबेला उसले ९.७ मेगावाटको आयोजना [&hellip;]</p>

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले ईङवा हाइड्रोपावर प्राइभेट लिमिटेडसंग गरेको विद्युत खरिदबिक्री सम्झौता (पीपीए) रद्ध गर्ने भएको छ । पीपीए गरेको ७ वर्ष बितिसक्दा पनि आयोजना निर्माण सुरु नभएपछि सम्झौता रद्ध गर्न लागेको विद्युत प्राधिकरणले जनाएको छ ।

विद्युत प्राधिकरण र कम्पनीबीच ०६८ असार १० गते पीपीए भएको थियो । त्यसबेला उसले ९.७ मेगावाटको आयोजना बनाउन डेढ वर्षभित्र लगानी जुटाउने प्रतिवद्धता व्यक्त गरेकोमा हालसम्म पनि आयोजना अघि बढाउन नसक्ने अवस्था आएपछि पीपीए रद्ध गरेको प्राधिकरणका प्रवत्ता प्रवल अधिकारीले जानकारी दिए ।

यस्तै पीपीए भएको २ वर्षभित्र आयोजना निर्माण सम्पन्न नगरेपछि पीपीए खारेजको प्रक्रिया अघि बढेको उनको भनाई छ । प्राधिकरणको गत सोमबारको निर्णय अनुसार नोटिस अफ डिफल्टमा राखी ९० दिने स्पष्टिकरण सोधेको छ । सो अवधिमा चित्त बुझदो जवाफ नआए पीपीए रद्ध हुने उनले स्पष्टपारे ।

Share News